दलित मारेको घटनाबाट यूवापंक्तिमा आक्रोस
पीबी दियाली
इटहरी
पुर्ब युवा तथा खेलकुद मन्त्री दलजित सेर्पाइलीको गृह जिल्ला रुकुम, राष्ट्रिय दलित आयोगका पुर्ब अध्यक्ष मानबहादुर नेपालीको गृह जिल्ला रुकुम,उपेक्षित, उत्पीडित दलित बर्ग उत्थान बिकास समितिका पुर्ब कार्यकारी निर्देशक चन्द्र बिक र बादी बिकास बोर्डका पुर्ब उपाध्यक्ष पुस्प बादीको गृह नगर चौरजहारी ,प्रदेश सभामा प्रत्यक्ष निर्बाचन जित्ने रातो कामीको गृह जिल्ला ,एउटै स्थानीय तहमा ६ वटा वडा र उपप्रमुख गिता नेपाली, गंगाराम चनरा, केसरमान बिक,एमबी चनरा,हस्तबहादुर आग्री लगायतले दलितले जितेको देशकै नमूना जिल्ला रुकुममा जातकै कारण मारिएका दुई युवाको लास भेटियो बाँकी ५ जना दलित बेपत्ता छन् ।जनयुद्धको उदगम थलो र छुवाछूत मुक्त नमुना जिल्ला घोषणा गरेको रुकुम जिल्ला आज यस्तो घटना घटदा तपाईंहरुले थाहा पाउनु भएको छ कि छैन होला ?


अब हेर्न बाँकी छ तपाईंहरुको भुमिका ….?
प्रेम सम्बन्धको आधार सार्थक भएको भन्ने अनुभूती जागेपछि प्रेमिका पश्चिम रुकुमकी शुस्मा मल्लको अग्रहमा बिहे गर्ने तयारी साथ साथिभाई लिएर गएका नबराज बिकलाई प्रेमिकाको बाबुआमा ,स्थानीय वडाध्यक्ष र कथित उच्च जातको हुं भन्नेहरु समेतले कामीलाई छोरी नदिने भन्दै कुटेर दानवीय ढंगले मारेको घटना सनसनी भएपछि दलित अधिकारकर्मी सरु सुनारले फेसबुकमा यो स्टाटस लेख्दै राज्य संचालकहरुको अकर्मण्यता भित्र घुसेका दलित नेताहरुको निरिहताको भण्डाफोर गरेकी छन । सरकार नामको ओहदामा बस्नेहरुले यो घटनालाई चासो दिएका छैनन। साम्यादको नारा उराल्दै एक समय उर्लिएका क्रान्तिकारीहरु पनि बोलेका छैनन। पुरातनपन्थी पार्टीका नेताहरु झन के चासो राख्थे । कुकुर मरेको होकी मान्छे सरकार नामको जीबलाई मत्लब छैन ,अरुलाई झन के चासो? पार्टीपंक्तिमा टाँसिएर दलितको नाममा दलाली गर्नेहरु यत्रो नरसंहारको घटना हुंदा के हेरेर बसेका? माउपार्टीको मालिकले केही देला र खाउंला भनेर गुलाम गर्नेहरु यो घटनामा बोल्दा मालिक रिसाउला भन्ने पीरले सर्तक छन । चाईंचुई बोल्दैनन। कस्तो अचम्म । पशुपती क्षेत्रको बाँदर मर्दा काजक्रिया गर्न पैसा छुटयाउने उच्चहरु सरकारमा पालैपालो रजाईं गर्दै गरेको थुप्रै भयो । आफनो नेपाली दाजुभाईलाई तल्लो जात भनेर मार्दै हिडने समुहलाई कुनै चेतावनी दिदैन । कथित उपरवालेहरुको यो उत्पातले जातीय युद्धको शंख फुकेको हो? ए सरकार यो घटनाबारे केही त बोल ? होइन भने तँ कथित उच्चजातीय अंकारवादीको संरक्षक होस । तेरो समुल नष्टकोलागि अर्को जनआन्दोलनको फर्मान जारी भई सक्यो । सहनशिलतालाई कम्जोरी नठान । ठूलो जात सम्झने मानव नामका दानबहरुको मुल स्रोतलाई भत्काई हाल ।
देशबिदेशका सचेत नागरिकहरुले रुकुम घटनाको बिरुद्ध आगो ओकेली रहेका छन । पाषण यूगको झल्को दिने यो घटनालाई सामान्य न ठान्न आबाजहररु घन्कि रहेका छन । शिल्पकार उत्पीडित मुक्ति समाजका अध्यक्ष रोसन प्रकाश बिकले दुबहीबाट प्रेश बिज्ञप्तीजारी गरि घटनाको निन्दा गर्नु भएको छ । यसैगरि सामाजिक संजालमा स्थापित दलित साझा सवाल,डिफेन्डिङ दलित राइट,दलित एकता सन्जाल,संसदमा नरहेपनि केही स्थापित दलित नेताहरु,केही दलितमुखि मिडिया लगायतले घटनालाई लिएर गम्भिर चासो राखेका छन ।राज्यमा प्रभाव जमाउने मिडिया र मिडियाकर्मी,मानबअधिकारकर्मी लगायतले दिनु पर्ने जति ध्यान नदिएको प्रति पनि यूवा आक्रोस ब्यक्त हुन थालेको छ । कम्युनिष्टको दुईतिहाई छेउको भनिने खडगप्रसाद ओली नेतृत्वको सरकार ,क्रान्तिकारी छलाङ मार्न सिपालु भन्न रुचाउने बाम नेता प्रचण्ड,अनुभवी नेताहरु माधव नेपाल,झलनाथ खनाल समेतको हादवाई भएको बेला यस्तो मानवीय कलंकले ग्रसित तुच्छ जातीय छुवाछुतको अन्त्य गर्न नसक्नु राज्य ब्यबस्थाकै कम्जोरी रहेको आसय ब्यक्त भएका छन । दोषीलाई पुलिसले समातेको भनिएतापनि छुवछुतको मुल जडलाई नष्ट गर्ने तर्फ गणतन्त्रसंगै आएका सरकारहरुले ध्यान नदिएकोमा यूवापंक्ति आक्रोसित छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


