दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र मागि विवाह गर्नेलाई १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार
भरतपुर, असार
भरतपुर महानगरपालिकाले दलितसँग प्रेम विवाह गर्नेलाई ५० हजार र दलितसँग मागि विवाह गर्नेलाई एक लाख रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने नीति बनाएको छ । जातीय छुवाछुतलाई निरुत्साहित गर्नको लागि यस्तो नीति लिइएको महानगरले जनाएको छ ।
आज छैटौं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा कानूनले पूर्णरुपमा निषेध गरेको छुवाछुत एवम् बालविवाह मुक्त महानगर बनाउनका लागि संघ र प्रदेश सरकारसँग सहकार्य गरिने पनि उल्लेख छ । ।
साथै महानगरमा रहेका विपन्न, महिला, दलित, आदिवासी जनजाति तथा वञ्चितीमा परेका लक्ष्यित वर्गको आर्थिक सशक्तीकरणका लागि महिला तथा जोखिम समुदायसँग मेयर कार्यक्रम र समन्यायिक विकासमा उपमेयर कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ ।
त्यसैगरी, सामाजिक समावेशी नीतिअनुरुप दलित, आदिवासी, जनजाति, पिछडावर्गको सशक्तीकरण र उत्थानका कार्यक्रम सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।
महानगरले महिला तथा बालबालिकाउपर हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सबै वडाहरूमा अभियान सञ्चालन गरिने, हिंसा विरूद्ध शून्य सहनशीलताको नीति अनुरुप प्रत्येक वडामा लैङ्गिक हिंसा व्यवस्थापन समितिको गठन एवं परिचालन गरिने र सबै नगरस्तरमा वडाहरू सम्मिलित एक लैंगिक हिंसा निवारण कोष स्थापना र सञ्चालन गर्ने जनाएको छ ।
विशेष संरक्षणको आवश्यकता भएका महिला, बालबालिका, ज्येष्ठनागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुको संरक्षणका लागि लागि संघीय तथा प्रदेश सरकारसँग सहकार्य गर्ने पनि महानगर जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


