ठकुरीको छोरीसंग प्रेम गरेको भन्दै गाउँलेले कुटेर दलित मारे “घटना दुःखत्

काठमाडौँ । शनिवार साँझ पे्रमिकालाई बिवाह गर्न साथीहरुसहित रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित शुष्मा मल्लको घरमा पुगेका नवराज वि.कको गाउँलेको कुटाइबाट जोगिन भेरीमा हामफालेको हुनसक्ने र सोही क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चौरजहारीले जनाएको छ ।
नवराजसँगै भेरीमा हामफालेका ५ जना युवाहरु अझै वेपत्ता छन् । उनीहरुको खोजिकार्य भइरहेका छ । इलाका प्रहरी कार्यालयले जिल्ला सदुरमुकामबाट थप प्रहरी मगाएर खोजीकार्य बढाएको छ । मृतक जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको शब पोष्टमार्टमका लागि जाजरकोट अस्पलातमा लगिएको रुकुमपश्चिमको इलाका प्रहरी कार्यालय चौरजहारीका इन्पेक्टर धर्मसिंह बिष्टले जानकारी दिए ।

उनका अनुसार नवराज विकसहितको समुहलाई गाउँलेले कुट्दै लखट्दै गर्ने क्रममा पारी जान भेरीमा हामफाल्दा नवराजको मृत्यू भएको हो । पछाडिबाट लखेट्दा पारी भाग्न भेरीमा हामफालेको प्रत्यषदर्शीहरुको बयानले दिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न जाजरकोटका १२ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुकुमका चौरजहारी नगरपालिका–८ का वडा अध्यक्षसहित पाँचजनलाई नियन्त्रणमा राखिएको विष्टले बताए । वडाअध्यक्ष डम्बरबहादुर मल्लले नै सोतीका गाउँलेहरु बोलाएर नवराज विकलगायतका युवाहरुलाई लखेटेका थिए ।
घटनाको बारेमा थप अध्ययन अनुसन्धान भइरहेकाले अहिले नै संलग्नलाई नियन्त्रण राखिएपनि अहिलेनै दोषी किटान गर्न नसकिएको प्रहरीले जनाएको छ । घटनास्थल चौरजहारीबाट अलिटाढा पर्ने भएकाले अनुसन्धानमा ढिलाई भएको छ । तर जाजरकोटा र रुकुमका मानवअधिकारकर्मीहरुले भने जातीय भेदभावकै कारण घटना भएको बताएका छन ।

नेपाल दलित संघका रुकुम पश्चिमका जिल्ला अध्यक्ष परवीर ददेलले भन्नुभयो “घटना दुःखत् छ, जातीय छुवाछूतकै कारणले घटना भएको हो, पहिलादेखिनै उनीहरुबीच जातीय भेदभावको बिवाद हुदै आएको थियो, घटनाको सत्यतथ्य छानवीन र पीडितलाई न्यायको माग गर्दर्छौं ।”
सुष्मा र नवराजबीच प्रेम रहेको थाहा पाएपछि आफन्तले सो विवाह हुन नदिन चौरजहारी प्रहरी कार्यालयमा केही समयअघि उजुरीसमेत दिएका थिए । उजुरीछि दुवै समूहबीच छलफलसमेत भएको थियो । जात नमिल्ने भन्दै परिवारले शुष्मालाई चर्को दबाव दिर्द आएका थिए । शुष्माले लिन बोलाएपछि नवराज साथीहरुसहित शुष्माको घरमा पुगेको विकका परिवारले बताएका छन । शनिवार वडाअध्यक्षको अगुवाईमा कुटपीट भएको प्रहरीले बताएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


