Spread the love

सनसरी
लकडाउनको समयमा भारतीय नम्बरको गाडी लिएर सप्तरी र सुनसरीतिर निर्बादरुपमा हिड्दै गरेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । ६ जना ब्यक्तिको हत्या गरेको आरोप लाग्दै आएका कृष भनिने कृष्ण कुमार यादवलाई सुनसरी प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न राजनीतिक दलहरुसँग नजिक रहेर शक्तिको आडमा अबैध धन्दा गर्दै आएका सप्तरीका कृष्णकुमार यादब (क्रिस) सुनसरीबाट पक्राउ परेको प्रहरीले बताएको छ ।

ज्वाला सिंहको कर्याकर्ता भएर हिड्दा ६ जना मान्छे मारेको उनी माथी आरोप छ । नेकपा,उपेन्द्र यादब र अहिले विप्लव सम्मलाई सहयोग गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन । शक्तिको आडमा उधुम मच्चाउँदै आएका उनको साथबाट सुनसरी प्रहरी एक थान पेस्तोल र ३ थान गोली र ठुलो मात्रामा लागुऔषध सहित पक्राउ परेको सुनसरी प्रहरीले जनाएको छ ।

भारतीय नम्बर प्लेटको गाडीमा सप्तरीबाट सुनसरी आउँदै गरेका उनीसँग दुई थान ठुला हतियार छ भनेर प्रहरीले खनतालासी गर्दै एक थान मात्र हतियार फेला परेको प्रहरीको भनाई छ । कोशी पुल ठेक्का लिने १५ जना ठेकेदारहरुसंग ५० लाखको दरले प्रशासन मिलाउनु पर्छ भन्दै रकम मागेको प्रहरी अधिकारी बताउँछन ।

उनी सुनसरीमै ३ महिना अगाडी पनि पक्राउ परेका थिए । तर विभिन्न राजनीतिक दलको सोर्समा उनी छ्ट्न सफल भएको प्रहरी स्रोत बताउँछ । सप्तरीमा तत्कालीन इन्स्पेक्टर ज्ञानेन्द्र फुयालको पेस्तोल खोस्ने उनै यादब हुन । साथै उनले विभिन्न समयमा ६ जनाको मोर्डर गरेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

सुनसरी र सप्तरीका ठुला प्रोजेक्टसंग रकम असुल्ने र विभिन्न राजनीतिक दललाई प्रयोग गर्दै आएको बताईएको छ । लामो समय देखि अपराधिक गतिविधिमा संलग्न यादवको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी कमल थापाले बताए ।