Spread the love


इटहरी
पीबी दियाली
भर्खरै मात्र सम्पन्न पत्रकार महासंघको चुनाव सकेर नतिजा आउने क्रममा पछि धकेलिएको केपी ओली खेमाको सरकार संरक्षित संगठन “प्रेस चौतारी नामक” संस्था आबद्ध पत्रकारहरुको बजार चर्चा भई रहंदा इटहरीमा माधव नेपाल समुहका एक चर्चित स्थानीय नेताले चिया चौतारी नामक भान्सा घरको ब्यबसाय लन्च गरेका छन ।

No description available.


ब्यस्त बजार क्षेत्र मानिने इटहरी ६को नेशनल गल्ली भित्र सान्त र मनोरम बाताबरणमा खुलेको “ चिया चौतारी “भान्सा घरका संचालकमा राष्ट्रिय खेलकुद परिषदका पूर्ब अध्यक्ष अनि एमाले पार्टीमा माधव नेपाल समूहबाट स्थानीय तहमा प्रभावशाली नेता केशव बिष्टका छोरा कैलाश बिष्ट रहेका छन । श्रीलंका भ्रमण गएको बेला कफी खान छिरेको बेला जे जस्तो बाताबरण महसुस भयो त्यही संझेर नेपालमा यस्तो ब्यबसाय गर्न उत्साहित भएको बिष्टको भनाई छ ।

No description available.

काठमाण्डौ पछि मोफसलमा खोलिएको पहिलो चिया आइटम्स दाबी गर्दै बिष्टले बताए अनुसार स्पेसल ५५ प्रकारको आर्गानिक चिया र २५ प्रकारको कफीको स्वाद लिन पाइने छ । इलामको बगानबाट उत्पादित चिया आइटम्स ग्राहक बर्गकालागि सस्तो र शुलभ रहने छ । महिनामा २देखि ३ पटक सम्म क्वालिफाइड टी मास्टरले निशुल्क टी सेमिनार गर्ने योजना अनुसार संचालनमा आएको हो ।

No description available.

कहिले शिक्षक,कहिले क्लवहरु,कहिले स्वास्थ्यकर्मी,कहिले पत्रकार यस्तै समाजका बिभिन्न घटक संस्थाहरुको छुटटाछुटटै सहभागितामा टी सेमिनार आयोजना हुने छ । खानामा शुद्ध भेज मम चाउमिन,बर्गर,पीजा, चाइनिज र इण्डियन खानाका आइटम्स रहने छन । अष्ट्रेलियाको पढाई सकेर उतैको ब्यबसायिक अनुभव साथै आफनै भाइको होटल म्यानेजमेण्ट सम्बन्धी अध्ययानको सदुपयोग गरि त्यसमा बुवा केशव बिष्टको राजनीतिक सम्बन्धबाट आर्जेको अनुभव समेत जोडेर ब्यस्त बजार क्षेत्रमा रहेको आफनै जमिनमा यो ब्यबसाय शुरु गरेको संचालक बिष्ट बताउनु ंहुन्छ । पाकशालामा दक्ष र सिपालु जनशक्ति रहेको १५ जनालाई रोजगार दिइ रहेको बताउंदै बिष्टले बताए अनुसार फापर,ढिंडो,कोदोको परिकार,सिस्नो लगायत नेपाली खानाको अर्गानिक स्वाद पाइने र सस्तो दर रेट राखिइएको छ ।

No description available.

शान्त र सफा पारिवारिक बताबरण रहेको चिया चौतारिमा निशुल्क वाइफाई,ल्यापटपबाट ग्राहकले आफनो काम पनि गर्न सक्ने गरि बसाई ब्यबस्था रहेको बिष्टको भनाई छ । नयाँ बर्ष २०७८सालको उपलक्षमा रचनात्मक मनोरन्जनका साथ राती १२ बजे सम्म पार्टी चलाइने र यस्तो प्यमकेज ३ दिन सम्म रहने बिष्टले बताउनु भयो ।

No description available.

इटहरीका पुराना बासिन्दा बिष्ट परिवारको गोर्खा डिपार्टमेण्ट स्टोर अगाडी रहेको कुण्डालीनी हाउसलाई अझझै ब्यबस्थित गरेर चिया चौतारीकै सहायक सेवा अन्तर्गत होटल र आधुनिक तरिकाको लज समेत संचालन गरिइने तयारी रहेको बुझिएको छ ।

No description available.

अर्गानिक चियाकोलागि ब्यबसाय बिशेषज्ञ कमल खजुमले लन्च हुंदै गर्दा उक्त चिया चौतारीको काउण्टर अगाडी ग्राहक बर्गलाई ६÷७ प्रकारका ग्रिन टीहरुको डेमो देखाउंदै निशुल्क स्वाद चखाएका छन । स्वास्थ्य बर्दक ग्रिन टिको प्रयोगले मानब जीवनमा बहुत राम्रो प्रभाव पार्ने हुंदा ग्राहक बर्गले रुचाएको खजुमको भनाइ छ ।

No description available.

चिया चौतारीमा आफनो समुह सहित आउनु भएका सरस्वती माबिका प्रधानाध्यापक लेखनाथ भटटराईले ग्रिन टीको सेवनले स्वास्थ्य जीवनशैलीलाई अझझ बढी मजबुद र खर्चमा पनि किफायती रहेको अुभव सुनाउंदै भन्नु भयो ” इटहरीमा नौलो र जनस्वास्थ्यको दृष्किोणले बहुआयमिक पाकशाला संचालने चिया चौतारीको आकर्षणले चौतर्फी फाइदा पुरयाउने बताउनु भयो । गोष्ठी र सेमिनारको लागि अत्याधुनिक हल तयार हुन लागेको संचालक बिष्टले बताउनु भयो ।