घिमिरेलार्इ जापानमा अर्को सफलता, दक्षिण कोरियन किक बक्सरलार्इ पराजित गरे
नागोया । पछिल्लो समयमा जापानको नागोयास्थित सहरमा बस्दै आएका अविरल घिमिरे किक बक्सिङमा फेरि अर्को सफलता हात पारेका छन् ।
खेल जीवनको यसअघिका सबै ७ वटा प्रतिस्पर्धामा अपराजित रेकर्ड बनाएका नेपालका किक बक्सर अबिरल घिमिरेले आफ्नो बिजयी यात्रालाई निरन्तरता दिंदै दक्षिण कोरियाका व्यवसायिक किक बक्सरलाई जापानमा पराजित गरेका हुन् ।
बिगतमा भएका गेमहरुमा प्रत्यक पटक सफलता पाएका उनले फेरि कोरियन फाइटरसंग भएको गेममा बिजय भए । तीन राउण्डमा भएको उक्त किक बक्सिङ प्रतियोगितामा कोरियन फाइटरलार्इ फराकिलो अन्तरलले पछि पार्दै बिजय भएका छन् ।
६ वटा अर्ध व्यवसायिक र एक व्यवसायिक किक बक्सिङ खेलमा बिजयी भइसकेका अबिरले अर्को बिजयी यात्रा तय गर्ने क्रममा नागोयामा भएको हिट ४२ गेममा दक्षिण कोरियाका ३३ बर्षिय व्यवसायिक किक बक्सर किम पान सुलाई सजिलै पराजित गरेका हुन् ।
दक्षिण कोरियाका व्यवसायिक किक बक्सरको रुपमा परिचित सुलाई तीन सेटको प्रतिस्पर्धामा तीनवटै सेटमा पराजित गर्दै एकलौटी खेल आफ्नो पक्षमा पारेर जीत दर्ता गर्ने क्रममा अबिरलले तीन पोइन्ट पाउँदा सु को खातामा एक पोइन्ट पनि जोगिन सकेन ।
यसअघि पनि उनले ७ वटा अर्ध ब्यवशायिक भिडन्तमा प्रतिद्धन्द्धीलाई पाखा लगाउँदै जापानमा नेपालको झन्डा फहराएका अविरलको यो जित भने क्यारियरकै महत्वपूर्ण जितका रुपमा रहेको उनका पिता देब घिमिरे बताउँछन् ।
बिगतमा भएका गेमहरुमा ब्राजिलियन, जापानी खेलाडीहरु संग पनि उत्कृष्ट खेल प्रस्तुत गर्दै बिजय हासिल गरेका घिमिरे आफू आफ्नै बाबु देब घिमिरे (पूर्ब राष्ट्रिय केवान खेलाडी )सँग प्रेरित भएर यो खेलमा प्रवेश गरेको र बुबाकै सफल प्रशिक्षण अनि गाइडमा सफलता हासिल गर्न सफल भएको बताउँछँ ।
उक्त खेलमा नागोया स्थित नेपालीहरुको (याम खत्री, दिपक घिमिरे, पारसमणि पोख्रेल, अनिल साक्य, नर ब. थापा, रामु थापा लगाएत नेपालीको) उपस्थित रहेको थियो ।
घिमिरेलार्इ उपस्थित नेपालीहरुले खेलमा सपोर्ट का साथै हौशला दिएका थिए । जित पश्चात् सञ्चारकर्मीहरूसंग कुरा गर्दै अविरले भने, ‘मेरो खास उमेर अहिले अर्ध व्यवसायिक खेल खेल्ने हो तर मैंले आफैंले आँटेर अनि गुरुहरुले पनि मलाई हौसला दिनुभएर अगाडी बढिरहँदा सफलता पाएको हुँ यसमा जापानमा रहेका नेपालीहरुले गरिरहनुभएको सर्पोट र शुभकामना मेरो लागि आशिर्वाद बन्दै आएको छ ।’
सन् २०१८ को आठौं महिनामा एक अर्को प्रतिस्पर्धासहित कोरियामा नै गएर प्रतिस्पर्धा गर्ने सम्भावना रहेको बताउँदै अबिरलमा प्रशिक्षकसमेत रहेका बुवा देव घिमिरेले त्यसको टुंगो भने लागि नसकेको जानकारी दिर् ।
जापानमा हुने किक बक्सिङ प्रतियोगिताहरुमा बिदेशी खेलाडी माझ हिमालयन चितुवाको रुपमा परिचित बन्दै गएका अबिरलको लगातारको बिजयी यात्रा र उनको मेहनतले जापानमा नेपाल र नेपालीको नाम उचो बनाउने काम सँगै नेपाललाई परिचय दिने काम भएको देखिन्छ ।
सबै प्रतिस्पर्धामा नेपाली झण्डा र नेपालको तर्फबाट प्रतिस्पर्धा गर्दै आएका अबिरल आफू सँधै नेपालको लागिनै प्रतिस्पर्धा गर्ने भन्दै जापानमा रहेर नेपाली शान र मानको लागि मेहनत गरिरहने उन्नको तर्क छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


