घर भाडा आधा छुटको गृहकार्य

काठमाडौं – कोभिड–१९ महामारीका कारण सङ्कटमा परेका ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूबीच करिब एक वर्षसम्म ५० प्रतिशत घर भाडा छुट गर्ने विषयमा छलफल भएको छ ।ठमेल पर्यटन विकास परिषद्ले व्यवसायी र घरधनीसँग नियमित छलफल गर्दा उक्त सुझाव आएको परिषद्का उपाध्यक्ष एवं घर भाडा समायोजन समितिका संयोजक भविश्वर शर्माले बताएका हुन् ।
कोरोनाका कारण पर्यटन व्यवसाय शून्यमा झरेकाले भाडा तिर्न गाह्रो भएको गुनासो व्यवसायीको छ । यतिबेला निकै चलायमान (सिजन) हुने ठमेल आजभोलि सुनसान जस्तै छ । होटल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, टे«किङ पसल र डिस्कोबाहिर घाँस उम्रिएको अवस्था छ ।ठमेल क्षेत्रमा सञ्चालित करिब पाँच हजार पर्यटन व्यवसाय र घरधनीका सम्बन्धमा तथ्याङ्क सङ्कलन गर्ने कार्य जारी रहेको परिषद्ले जनाएको छ । तथ्याङ्क सङ्कलनले आफ्नै घर तथा
भाडामा व्यवसाय सञ्चालन गर्नेहरूको विवरण सार्वजनिक गर्न सजिलो हुनेछ ।
पर्यटन विकास परिषद्ले ठमेल क्षेत्रका पर्यटन व्यवसायी र घरधनीहरूका लागि न्यूनतम ब्याजदरमा सहुलियत, विद्युत्, खानेपानी र इन्टरनेटलगायतका शुल्क मिनाहा गरिदिन सरकारसँग माग गरेको छ ।
पर्यटनसँग सम्बन्धित कतिपय साना र मझौला खालका व्यापार व्यवसाय पलायन नै हुनुपर्ने अवस्था सिर्जना भएकाले त्यस्ता व्यवसायलाई जीवन्त राख्न आर्थिक सहयोग उपलब्ध गराउन परिषद्ले आग्रह गरेको जनाएको छ ।
‘हाम्रो ठमेल राम्रो ठमेल’ बनाउने अभियान निरन्तर जारी रहेको स्पष्ट पार्दै समितिका संयोजक शर्माले घर भाडा ५० प्रतिशत छुट गर्ने कुरा दुवै पक्षको पूर्ण सहमतिपछि सार्वजनिक रूपमा नै घोषणा गर्ने बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


