गढी गाउंपालिकामा खाजा परीक्षण कार्यक्रम सम्पन्न
पीबी दियाली
दुहबी
नेपाल स्वास्थ्य फुड इण्डट्रिज प्रालि बिराटनगरद्धारा उत्पादन गरिएको नमकिन दलिया,मीठा दलिया र खिचडीको खाजा परीक्षण गढि गाउँपालिकामा आज एक समारोहबीच सम्पन्न गरियो ।
नेपाल सरकार शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रालयले दिवा खाजा कार्यक्रम अन्तर्गत दिएको मापदण्ड अनुसारको बिश्व खाध्य संगठनको मापदण्डमा आधारित नेपाल खाद्य तथा गुणस्तर बिभागद्धारा प्रमाणित गरिएको उक्त कम्पनीबाट उत्पादित खाजा देशै भरि बजारिकरण गर्ने लक्ष रहेको मार्केटिंग स्टाफ एकराज सापकोटाले बताउनु भयो ।


बिशेष गरेर नेपाल सरकारले सरकारी सामुदायिक बिध्यालयका बालबालिकाको निम्ति ल्याएको दिवाखाजा कार्यक्रमलाई लक्षित गरि नेपालको रैथाने अन्नवाली जसलाई अर्गानिक पनि भनिन्छ लाई समेटेर खाद्य क्षेत्रका बिशेषज्ञहरुको राय सुझाबलाई ध्यानमा राखि प्रतिष्ठित उद्योमीहरुले यस्तो उद्ययोग स्थापना गरेको सापकोटाको भनाई छ । स्वास्थ्य मापदण्ड बिरितका जंगफुडहरु खान बाध्य बालबालिकाहरुको सुन्दर भबिष्यलाई दृष्टिगत गरि उत्पादित खाजा आइठमका खाद्य बस्तुहररु अन्य भन्दा सुलभ र सस्तो रहने बताउंदै सापकोटाले दिनु भएको जानकारी अनुसार नेपाल सरकार शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्रालयले अनुसुचि४मा तोकिएको दिवा खाजा गुणस्तर तथा मापदण्ड अनुसार तय गरिएको छ ।
११भन्दा बढी इण्डिग्रेण्ड मिक्स भएको अधिक्तम अन्तराष्ट्रिय प्रमामण पत्रका साथ नेपाल खाद्य तथा गुणस्तर बिभागद्धारा प्रमाणपत्र प्राप्त गरेको ,पूर्ण स्वाचालित मेशिनबाट उत्पादित भएकोले पूर्णतया स्वास्थ्य बर्धक दाबी सापकोटाको छ । करिव ३० हजार जनालाई भबिष्यमा रोजगारी दिने योजना सहित खुलेको उद्योगका उत्पादनलाई स्थानीय निकायले आआफनो ठाउंबाट सक्दो सहयोग गरि जनस्तरमा पुरयानु पर्नेकुरामा गढी गाउंपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले जोड दिनु भएको छ । स्वास्थ्य बिगार्ने बजारका अनेक थरी चाउचाउ,नुडल्स,मिठाई चक्लेटहरुमा आकर्षित हुने बालबलिकाहरुलाई त्यस्तो वानीबाट छुटकारा दिने काममा स्वयम अभिभावक बर्ग नै सचेत हुनु पर्ने उपाध्यक्ष राजकुमारी चौधरीले बताउनु भयो । मोइस्चरको मात्रा लगभग ५ ग्राम –प्रति १०० ग्राम बराबर भएकोले स्वास्थ्यकोलागि अति लाभ दायक रहेको बताउंदै सापकोटाले खाजा परिक्षण कार्यक्रममा उपस्थित सहभागिहरुलाई चित्तबुज्दो तरिकाले कन्भेन्स गर्दा सहभागिले रुची पूर्बक ध्यान दिएका थिए ।

उत्पादन मितिबाट ६ महिना सम्मको बैधता अबधि रहने उक्त खाजा खाँदा बालबालिकामा हुने पुडको पन कमतौल,ख्याउटेपन र रक्त अल्पता जस्तो समस्याबाट बचाउने भन्दै सापकोटाले उच्चतमब्राण्ड अन्र्तगत गुणस्तरस्तरीय नमकिन दलिया,मीठा दलिया र खिचडीको खाजा जस्ता ३ वटा स्वादमा उपलब्ध भएको बताउनु भएको छ । कुनै बिदेशी आयतबाट ल्याइएको नयाँ अन्न बाली नभई नेपालमै स्थानीय उत्पादनबाट उत्पादित बस्तुको समिस्चरणबाट पूर्ण तयारी पौष्टिक आहार भएकाले उपभोग गर्न खुवाउन छिटो र सजिलो हुने सापकोटको दाबी रहेको छ । तातो पानीको प्रयोग गरि कम्तीमा ५।७ मिनेटमा खान योग्य हुने र प्रतिकेजी १५ जनालाई खुवाउन पुग्ने अबस्थामा यो खाजा रहेको सापकोटाको भनाई छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


