क्यान्सरलाई जितेर घर फर्किए पत्रकार कमल पौडेल
काठमाडौं : पत्रकार कमल पौडेल क्यान्सरलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। झण्डै चार महिना क्यान्सरको उपचार गराएका पौडेल अस्ति (जेठ २६ गते) काठमाडौंको सिभिल अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अस्पतालबाट डिस्चार्ज भएपनि उनले लगातार फलोअपमा भने रहनु पर्ने अस्पतालले जनाएको छ। अस्पतालबाट डिस्चार्ज भएर काठमाडौंमै आराम गरिरहेका पौडेलले आफू मृत्युको मुखबाट बचेकोमा खुशी व्यक्त गरे। उनले भने ‘नेपालमा पनि यस्तो प्रविधि पनि रहेछ। सबै भन्दा ठूलो आत्मबल रहेछ त्यसैले क्यान्सरलाई पराजित गरे।’ ब्लड क्यान्सरबाट पीडित पत्रकार पौडेलको उपचारमा सहयोग गर्न अमेरिकामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा), इनेप्लिज डटकम र डिसी नेपाल डटकमले संयुक्त रुपमा गोफन्ड खाता खोलेका थिए। उनको उपचारमा प्रदेश एक सरकारले पनि सहयोग गरेको थियो। उपचारमा २५ लाख भन्दा बढी खर्च भएको पौडेलले जानकारी दिए। पौडेलले आफुलाई नयाँ जीवन दिनका लागि सहयोग गर्ने सबैमा हार्दिक आभार व्यक्त गरे। जनआस्था साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका पौडेल नेपाल समाचारपत्र दैनिकमा लामो समय वरिष्ठ सह–सम्पादकको रुपमा काम गरेका थिए। इटहरीको नमुना कलेज र विराटनरका केही क्याम्पसहरुमा पत्रकारिता विषयको अध्यापन गराउँदै आएका पौडेल केहि वर्षयता विराटनगरबाट प्रसारणमा रहेको मकालु टेलिभिजनका समाचार प्रमुखका रुपमा कार्यरत छन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


