Spread the love

बिर्तामोड । नेपाल राष्ट्रिय उत्पीडित बिद्यार्थी संगठन केन्द्रीय कमिटीले पश्चिम रुकुम घटनाको बिरोध जनाएको छ ।

आज झापाको बिर्तामोडमा संगठनले आयोजना गरेको बिरोध र्यालीमा कोरा हानेर हत्यारालाई कारबाहीको माग गरिएको छ । बिर्तामोड परिक्रमा गर्दै सहभागीले आफैलाई कोरा हानेका छन् ।

बिर्तामोड परिक्रमा गरेपछी कोणसभालाई सम्बोधन गर्दै संगठनका केन्द्रीय अध्यक्ष टीका मग्रातीले दोषीलाई कारबाहीको माग गरेको छन् । उनले नवराज बिकको न्यायमा कुनै जालसाझी भए ठूलो दुर्घटना हुने चेतावनी दिए ।प्रतिक्रिया दिनुहोस्