किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक विमोचन
‘
मोरङ
पत्रकार नारायण राईद्धारा लिखित किरात राई समुदायमा रहेको प्रथाहरूको सँगालो ‘किरात राई समुदायको प्रथाजनित कानुन’नामक पुस्तक सार्वजनिक भएको छ । े उधौलीको अवसरमा सो पुस्तकको विमोचन प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए । पुस्तक बिमोचन कार्यक्रम विराटनगर–११ स्थित किरात राई यायोक्खाको प्राङ्गणमा भएको थियो ।
कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीयकार्य समितिका निर्वामान अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, किराया केन्द्रीय उपमहासचिव शुभचन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।
नेपालमा संविधान, ऐन, कानुनहरू छन् र ती संविधान, ऐन, कानुनको पालना सबैले गर्नु पर्दछ । सो कानुनको उल्लङ्घन गरेमा दण्ड सजाय भोग्नु पर्छ भने उसैगरी किरात राई समुदायमा पनि आफ्नौ खाले प्राचीन प्रथा–परम्पराहरू रहेका छन्, जनु प्रथा–परम्पराहरू किरात राई समुदायमा काुनन सरह लागु हुन्छ । सो प्रथा–परम्पराको उल्लङ्घन गरेमा दण्ड सजायको पनि व्यवस्था हुन्छ लेखक राईले पत्रकारलाई बताएका हुन ।
यो परम्परा राई समुदायले आफैले आफ्नो समुदायलाई सुव्यवस्थित गर्नका लागि निर्माण गरिएको हो । राईको भनाई छ ।
हजारौँवर्ष अघिदेखि स्थापित ती मूल्यमान्यताहरू राई समुदायमा आज पर्यन्त जिवित छन् । भने कति समाजका लागि राम्रो भएका प्रथाहरू लोप भइसकेका छन् र कति हुने अवस्थामा छन् त्यस्ता प्रयोग हुँदै आएको, लोप भइसकेको र लोप हुन लागेको प्रथाजनित कानुन सरहका प्रथाहरू समावेश गरी पुस्तक तयार भएको पत्रकार समेत रहेका राईको भनाई छ । पत्रकार राईले गाउँबस्तीमा सिमित मानिसहरूले मात्र प्रयोग गर्ने र एक व्यक्तिबाट अर्को व्यक्तिमा बोलेर र व्यवहारबाट मात्र आदनप्रदान गरिने जीवन्त व्यवहारी आर्दश राई समुदायका प्रथाहरूलाई दस्ताबेजीकरण गरी पुस्तकको रूपमा प्रकाशन गरेको बताएका छन ।
लेखक भन्छन् – ‘किरात राई समुदायमा रहेको प्रथाहरू निकै वैज्ञानिक र समाज उपयोगी पनि छन् । जस्तो यसै पुस्तकको पृष्ठ ९९ मा उक्खुन्दि वा कन्या चोख्याउने प्रथा छ । जुनप्रथाले विवाहित महिला र पुरुषबीच समानता देखाउँछ । विधुवा(एकल महिला) लाई पनि सामाजिक अपहेलनाबाट मुक्त गराउँछ र अन्य आममानिस सरह बाँच्न पाउँने अधिकारको सुनिश्चितता प्रदान गर्दछ । यसो भएकाले आजपनि किरात राई समुदायको प्रथाजनित कानुननिकै व्यवहारिक र वैज्ञानिक छ । त्यस्तै उभौली अवधिभर सिकार गर्न नहुने प्रथा छ । किन भने त्यस समयमा चराचुरुङ्गी गर्भिणी भई फुल पार्ने, अण्डा कोरल्ने र बच्चा काडी हुर्काउने क्रियामा हुने गर्दछन्, त्यसै गरी पशुस्त्रीहरू पनि गर्भिणी हुने गर्दछन् । त्यसैले उभौली अवधिभर चराचुरुङ्गी पशुहरूको सिकार गरिँदैन । यस समयमा सिकार मार्नु भनेको सृष्टिलाई नबुझ्नु हो । किन भने त्यस समयमा सिकार गरेपछि पुन नयाँ पशुपन्छी सृष्टि हुन सक्दैन । तर उधौलीको समयमा भने सिकार खेल्ने गर्दछन् । जुन कार्यबाट उनीहरूले प्राकृतीक जीवहरूको उपयोग र संरक्षण ठिक समयमा ठिक तरिकाबाट गर्ने गर्दछन् । त्यसै कुराबाट पनि किरात राई समुदाय र प्रकृतिबीच अनुन्याश्रीत सम्बन्ध रहेको हुन्छ भन्ने कुरा प्रष्ट हुन्छ ।’
राईद्वारा लिखित पुस्तक पुस १५ गते उधौलीको समयमा एकै दिन बीस हजारको विक्रि भएको थियो । साकेलामा आउने धेरै जसो मानिसहरूले पुस्तक हेरेपछि पुस्तक किन्नु पर्ने खाल्को रहेको प्रतिक्रिया दिएका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


