Spread the love


इटहरी

pb diyali


No description available.

इटहरीमा स्थापित भएर सात बर्ष अघिदेखि समाजसेवामा अनबरत लागेको किराती समुदाय अन्र्तगत पर्ने किरात राई वान्तवा खिमको सातौं बार्षिक साधारण सभा तथा प्रसाद राई स्मृति साहित्य पुरस्कार बितरण कार्यक्रम शनिबार इटहरीको ओसनपार्क स्थित सभा भवनमा भब्य समारोहबीच सम्पन्न भएको छ । खिमको केन्द्रीय कार्यसमिती अध्यक्ष इटहरी निबासी राजनिज्ञि तथा समजसेवी ज्ञानकिरातीको सभापतित्व र किरात राइ यायोक्खाका केन्द्रिय अध्यक्ष दिवस राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाकी सचिव तथा पत्रकार रिता राराहाङ राईले कार्यक्रम संचालन गर्नु भएको थियो ।

No description available.

खिमका झापा जिल्ला सल्लाहाकार कुमार राईले अतिथिहरुलाई स्वागत गरेपछि शुरु भएको कार्यक्रममा गायक कलाकार एबं संगितकार जितेन राईले किरात राई वान्तवा खिमलाई बिकास गर्नु पर्ने सवालमा सम्बन्धित सबै राईहरु एकजुट हुनु पर्ने धारणा राख्नु भयो । सहप्राध्यापक सुर्यकुमार राई,पत्रकार श्रीसिसा राई,डिक वान्तवा,शरणकुमार राई,काषाध्यक्ष सृजनशरण राई लगायतले शुभकामना मनतब्य दिनु भयो । कलाकार फुलन्देको आमा समेत उपस्थित भएर कार्यक्रमको आकार्षण बढाइएको सो कार्यक्रममा ५0 हजार भन्दा माथिको रुपैंया दिएर खिमको भवन बनाउन सहयोग गर्ने कमला राई,सुदन किराती,ज्ञान किराती,चंहमा राई,धनकुमार राई,कुलबहादुर राई,जितुमान राई,टीका राई,चामबहादुर राई,चलचित्र निर्माणता अमलादेबी थुलुङ (एडि)लगायतलाई भेटा गुथाएर सम्मान गरिएको थियो ।

No description available.

समारोहमा संस्थाका १३ जना आजिवन सदस्यहरु गिता राई,भजनसरी राई,सरस्वती राई,यन्द्रकुमारी राई,धनकुमार राई,मानबहादुर राई,चन्द्रकला राई,तिलक राई,राजेनद्र कुमार राई,किसान राई,बन्दना राई,धनबहादुर राई र भिमकुमारी राईलाई पमाण पत्र दिएर सम्मान गरियो । खिमको कार्यालय अध्यक्ष ज्ञान किरातीकै घरमा रहेको धेरै समय भएपनि अब ३५ धुर जग्गा किनेर आफनै संस्थाको अढाई तले घर बनाएर आफनो संस्कार संस्कृतीको जगेर्ना साथै राई किरातीहरुको पहिचान तर्फ अगाडी बढी राज्यमा हकअधिकार खोज्न लाग्नु पर्ने भन्दै अध्यक्ष ज्ञान किरातीले सबै तहतप्कामा रहेका किरातीहरुलाई एकजुट हुन अपिल गर्नु भयो ।

No description available.

साहित्य क्षेत्रमा ठूलो योगदान दिने प्रसाद राईको स्मृतीमा उहाँको छोरा लिछिङबुङ राईद्धारा स्थापित २० हजार रुपैंयाँको नगद र प्रमाणपत्रले कवि साहित्यकार असिम वान्तवालाई सम्मान गरिएको थियो । खिमका झापा अध्यक्ष अर्जुनकुमार राई,पाँचथरका ज्ञानबहादुर राई,त्यहाँकै इन्चार्ज भक्त राई,सुनसरी अध्यक्ष खगेन्द्र खिम्दुङ,बराहक्षेत्र खिमका अध्यक्ष तथा तेक्वान्दो गुरु खम्बासिंह राई,उपत्यका अध्यक्ष तेज वान्तवा लगायतले किरात राई वान्तवा खिमकोलागि जग्गा किन्न आर्थिक टेवा दिएको हनाले उहाँहरुलाई पनि बिशेष सम्मान गरिएको थियो । कार्यक्रममा राजनीतिज्ञ राकेश राईलाई पनि सम्मान गरियो। खिमको बिकासमा

May be an image of ३ जना मानिसहरू तथा  people standing

बेलायत,हङकोङ,कोरिया,सिंगापुर,अमेरिका लगायत बिभिन्न देशमा रहेर आफनो संस्कार संस्कृतीको रक्षा र श्रीबृद्धीको लागि संस्थागत ढंगले सहयोग गर्नु हुने सबैको नाम र दिएको सहयोग रकम अनि भएको खर्च र बाँकी मौजाद रकमको लेखाजोखा बढो पारदर्शी ढंगले भएको थियो । वान्तवा खिममा आबद्ध भएर समाजमा किरात संस्कृतिकोलागि एक हुन सबैलाई आबहान गर्दे साधारण सभा भब्यरुपमा सम्पन्न भएको अध्यक्ष ज्ञान किरातीले बताउनु भयो ।कार्यक्रममा समाजसेवी समाजसेवी महिला लिला किराती लगायत धेरै किराती महिला चेलीबेटीहरुको उत्साहजनक सहभागिता थियो.