कालो पत्रे सडकमा ट्रिफर निषेध
डम्बर सिन्चिउरी
जाँते २१जेष्ठ- हामी कुनै पनि सामान किन्न पसलमा जान्छौं र पसलेलाई सोध्छौं यो सामान को ग्यरेन्टी कति हो ? पसले को जवाफ अाउन सक्छ १/२/३ वर्ष या त जतन गर्नु भो भने अन्य केही वर्ष । अझ छाता व्यापारी को कुरा गरौं भने त निकै फरक जवाफ आउँछ ” घाम पानी बाट जोगाउनु भो भने त दशकौं टिक्छ ।
माथि उल्लेख गरिए झै सडक बनाएर गाडि घोडा नहिँडाउने हो भने त सडक युगौं टिक्छ । साँच्चै यहाँ सडक बनाचाउन सडकमा गाडि नै हिडाउन रोक लगाउने मनासयले समितिले सडक मा पर्ने चोकै पिच्छे सुचना पाटी राखे को छ । यसरी सुचना पाटि नै राखेर उत्तरी मोरङ्ग को लेटाङ्ग ९ जाँते मा ८ महिना अघि मात्र निर्माण सम्पन्न कालोपत्रे सडकमा सामान ढुवानीको प्रमुख साधन ट्रिफर लाई निषेध गरिएको छ ।

गत ०७६ साल कार्तिक मा निर्माण सम्पन्न भएको स्थानिय मोरङ्गी खोला पुर्व बुडौली चौक हुँदै मदन चौक भएर तेली खोला सम्म पुग्ने २२ सय मिटर लामो कालो पत्रे सडकमा ट्रिफर निषेध गरिएको हो ।
६०/४० को अवधारणा अन्तर्गत १ करोड ६० लाख मा निर्माण गरिएको उक्त सडकमा ट्रिफर दौडाएमा रु ५ सय जरिवाना गरिने समेत सुचना वोर्ड मा उल्लेख गरीए को छ ।
केही महिना अघि मात्र निर्माण सम्पन्न भएको उक्त सडक राम्रो सेटिङ्ग समेत भै नसके को ले पनि सामान बोकेका ट्रिफरलाई मात्र निर्माण समिती कै निर्णय बाट निषेध गरिएको अध्यक्ष डिल्लि तिंसिनाले वताएका छन् । सडकको क्षमता १८ टन रहेको तर सडकमा २८ देखि ३२ टन सम्म ( सामान सहित ) को सामान लोड गरिएको ट्रिफर दौडँदा सडक ले यहि वर्ष पनि नथाम्ने देखेर नै ट्रिफर निषेध गर्नु परेको अध्यक्ष तिंसिना वताउँछन् । खाली ट्रिफरलाई भने सडकमा निषेध नगरिएको जनाईएको छ ।
उक्त सडक निर्माण सम्पन्न भएको यतिका समय भै सक्दा पनि मोटर साईकल स्टेन लगाउदा समेत भासिने गरेको स्थानिय उपभोकता बताउँछन् । यति का समय भैसक्दा समेत यसरी मोटरसाईकल थाम्न नसक्ने सडक को अवस्था देखेर स्थानिय उपभोक्ताहरु निर्माणमा प्रयोग भएको सामाग्रि र प्रक्रिया नै गलत भएको भन्न कुनै संकोच नमाने को पाईएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


