कारोबार रकम र सूचक दुबै नै ओरालो
काठमाडौं । लगातार ओरालो लाग्ने क्रममा लगानीकर्ताको मनोवैज्ञानिक लाइनभन्दा तल पुगेको यो साताको सेयर बजारमा कारोबार रकम र सूचक दुबै नै ओरालो लागेको छ । यस साता १८६ कम्पनीको एक अर्ब चार करोड १६ लाख २३ हजार रुपियाँ बराबरको सेयर खरिदबिक्री भएको छ । यो खरिदबिक्री अघिल्लो साता भन्दा कारोबार रकम ७.२५ प्रतिशत कम हो ।
गत साता १९० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १७२२८ कारोबारबाट एक अर्ब १२ करोड ३१ लाख एक हजार रुपियाँ बराबरका ४९ लाख ६१ हजार ११० कित्ता सेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.२७ अंकले घटेर अन्तिम दिन ११९८.५४ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.९५ अंकले घटेर २५२.०९ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम चार करोड १५ लाख ४० हजार रुपियाँको आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या दुई लाख ३६ हजार कित्ता र कारोबार संख्या ९९६ वटाको आधारमा पनि मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ ।
यस साता सूचिकरणतर्फ नेपाल ल्यूब आयल लिमिटेडको ६५५०३ कित्ता बाोनस सेयर र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको ४००१६५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । नियमित कारोबारका लागि पाँच दिन खुला रहेको यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्षमा ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
घटेरै बन्द भएको नेप्से परिसूचक बिहीबार ०.८८ अंकले ओरालो लागेर ११९८.५४ अंकमा पुगेर अडिएको थियो । यसैगरी, क वर्गका कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१२ अंकले ओरालो लागेर २५२.०९ अंकमा पुगेर अडिएको थियो ।
निरन्तर गिरावटकै क्रममा रहेको सेयर बजार बुधबार थामिएको थियो । तर पनि लगानीकर्ताको मनोवैज्ञानिक लाइनभन्दा माथि आउन सकेको थिएन । लामो समयपछि सेयर बजार १२ सयको विन्दुबाट पनि तल ओर्लेर एक हजार एक सयको लाइनमा पुगेको बजारमा बुधबार केही सुधार देखिएको थियो ।
बैंकहरुले निक्षेपको ब्याजदर बढाउन गरेको प्रतिस्पर्धाले कर्जाको ब्याजदर बढ्ने त्रासमा बसेका लगानीकर्तालाई बैंकरहरुको सहमतिले केही भरोसा दिएको छ । बैकर्स संघको बैठकले साधारण बचतमा सात प्रतिशत तथा मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा धेरै ब्याज नदिने सहमति गरेको थियो । यसअघिको सहमति खारेज भएपछि बैंकहरुले साधारण बचतमा आठ प्रतिशत बढी र मुद्दती निक्षेपमा साढे बाह्र प्रतिशतसम्म ब्याजदरमा निक्षेप उठाएका थिए ।
निक्षेपको ब्याजदर नबढ्ने भएपछि कर्जाको ब्याज पनि नबढ्ने आशामा लगानीकर्ता देखिए पनि सेयर बजारले त्यो लयलाई पछ्याएको छैन । मौद्रिक नीति जारी गर्ने मिति नजिकिदै जाँदा समग्र सेयरबजार र ब्याजदरको विषयमा राष्ट्र बैंकको नीति के हुने भन्ने अन्योल लगानीकर्तामा छ । पछिल्ला दिनमा सेयर बजारको ट्रेण्डलाई हेर्दा लगानीकर्ताको मनोविज्ञानमा सुधार हुन सकेको छैन भने घट्दो बजारमा अधिकांश लगानीकर्ताको सोचाई ‘पर्ख र हेर’ को अवस्थामा छ ।
सर्वाधिक रकमको कारोबार भएका पाँच कम्पनी
क्र.सं. कम्पनीको नाम: कारोबार रकम (रु. दस लाखमा):
१. मेगा बैंक नेपाल लिमिटेड ४१.५४
२. नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड ३०.१७
३. स्टयन्डर्ड चार्टर्ड बैंक लिमिटेड २८.१३
४. नविल बैंक लमिटेड संस्थापक २७.०३
५. एभरेस्ट बैंक लिमिटेड २६.०६
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


