ओली सरकारसंग किसान रिसाए
इटहरी
बिदेशीहरुले नेपालको भुमिमा कृर्षि कार्य गर्न पाउने गरि प्रधानमन्त्री खडग प्रसाद ओलीले नेपाली किसानमारा काम गरेपछि नेपालमा किसानको पक्षमा लागि परेका संघसंस्थाहरुले प्रधानमन्त्री ओली बिरुद्ध आन्दोलन गर्ने धम्की दिएका छ । अखिल नेपाल किसान महासंघ,नेपाल किसान संघ, अखिल नेपाल किसान महासंघ (अप्फा),राष्ट्रिय भूमिअधिकार मञ्च, नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल,राष्ट्रिय सिँचाइ जलउपभोक्ता महासंघ, नेपाल, अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी), अखिल नेपाल कुखुरापालक किसान संघ, खाद्यका लागि कृषि अभियान, नेपाल, राष्ट्रिय व्यावसायिक कृषि तथा पशुपालक किसान संघ, राष्ट्रिय अर्गानिक कृषि उपज उत्पादक व्यावसायी किसान संघ, किसान महासंघ, नेपाल, नेपाल पिछडावर्ग किसान संघ, महिला किसान संघ, नेपाल, नेपाल महिला किसान महासंघ, नेपाल जलवायु परिवर्तन महासंघ,नेपाल किसान संजाल र नेपाल कृषि सूचना संजाल नामका संघसंस्थाहरुले संयुक्त बिज्ञप्ती निकाली यस्तो कुरा भनेका छन ।
“ देशका दुईतिहाइ हिस्सा ओगटेका किसानहरुको हक, हित र अधिकारको प्रबद्र्धन गर्दै नेपालको कृषि क्षेत्रको समग्र विकास गर्नका लागि नेपाल सरकारले राष्ट्रिय किसान सञ्जाल, नेपालसमेतको सहकार्यमा २० वर्षे कृषि विकास रणनीति ल्याएको कुरा सर्वविदितै छ । नेपालजस्तो सानो मुलुकमा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानी मार्फत ठूला ठूला विदेशी कम्पनीहरु प्रवेश गरेमा निर्वाहमुखी, साना तथा मझौला मात्र नभई धनी तथा व्यावसायिक किसानहरुसमेत प्रतिस्पर्धामा उत्रन नसक्ने, नेपाली किसानहरु तथा समग्र कृषि क्षेत्र नै ध्वस्त हुने र देशको खाद्यप्रणाली नै विदेशीको हातमा पुग्ने हुनाले कृषि विकास रणनीति (एडिएस) मा कृषिका प्राथमिक उत्पादनहरुमा प्रत्यक्ष विदेशी लगानीलाई निषेध गरिएको कुरा सबैलाई ज्ञात नै छ । त्यसको विपरीत षडयन्त्रमूलक तरिकाले नयाँ ऐनमार्फत कृषि क्षेत्रमा विदेशी लगानी ल्याउने चालबाजी गरिए पनि राष्ट्रिय किसान सञ्जाल र किसान संघ÷संगठनहरुको व्यापक दबाबका कारण ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ मा समेत अनुसूचीको व्यवस्था गरी कृषिका प्राथमिक उत्पादनहरुमा विदेशी लगानी निषेध गरिएको छ ।
परन्तु हालसालै संसद विघटनपश्चात कामचलाउ अवस्थामा पुगेको वर्तमान सरकारले सरोकारवाला किसान संघ÷संगठन तथा राष्ट्रिय किसान सञ्जाल, नेपालसँग कुनै छलफल तथा परामर्श नगरिकन राजपत्रमा सूचना प्रकाशित गरी सो ऐनको अनुसूची संशोधन गरी कृषिका सम्पूर्ण क्षेत्रमा समेत बिनारोकटोक प्रत्यक्ष विदेशी लगानीका लागि बाटो खोलेकोले सो निर्णयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकारको यो निर्णयले नेपाली कृषि क्षेत्र र कृषि बजार विदेशी बहुराष्ट्रिय निगम तथा कर्पोरेटहरुको क्रिडास्थल बन्ने, नेपालका प्राकृतिक स्रोध–साधन तथा बजार त्यस्ता कम्पनीहरुको नियन्त्रणमा पुग्ने, क्रमशः यहाँका किसानहरुले विदेशी कम्पनीहरुको इशारामा चल्न विवश हुने, आम नेपाली किसानहरुले उनीहरुसँग प्रतिस्पर्धा गर्न नसकी कृषि पेशा नै छाड्नुपर्ने तथा किसानहरुसँगका सबै विकल्पहरु अन्त्य भएपछि बाध्य भई आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था निम्त्याउने छ ।
नेपाल सरकारको यो कदम किसानविरोधी छ । त्यति मात्र नभई नेपालको संविधानको धारा ३६ मा व्यवस्था गरिएको खाद्यसम्प्रभुताको व्यवस्था प्रतिकूल समेत छ । तसर्थ सो संशोधनलाई अबिलम्ब फिर्ता लिन र कृषिको प्राथमिक उत्पादनको क्षेत्रमा विदेशी लगानी निषेध गर्न हामी तपशीलका किसान संघरसंगठनहरु जोडदार माग गर्दछौँ । सरकारले देशका दुईतिहाइ जनसंख्या ओगट्ने किसानहरुको आवाजलाई बेवास्ता गरी विदेशीको इशारामा आफ्ना गतिविधिहरु अगाडि बढाएको खण्डमा किसानहरुको कठोर संघर्षको सामना गर्नुपर्ने कुरा पनि यसै विज्ञप्तिमार्फत सार्वजनिक गर्दछौँ ।”
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


