उत्तरदायी र विश्वासनीय पत्रकारिता सम्बन्धी क्षमता अभिवृद्धि तालिम सकियो
| F |

इलाम : भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाम उत्तरदायी र विश्वासनीय पत्रकारिता सम्बन्धी पहिलो समूहको क्षमता अभिवृद्धि तालिम शुक्रबार सकिएको छ ।
मिडिया एक्सन नेपालको आयोजनामा भर्चुअल प्रविधिमार्फत संचालित दोस्रो चरणको पहिलो समूहको तालिम सकिएको हो । दुई समूहमा विभाजन गरेर संचालित तालिम अन्तरगत समूह ‘क’ को तालिम सकिएको हो ।
तालिममा इलामका १५ जना पत्रकारहरुको सहभागिता रहेको थियो ।
दैनिक दुईवटा कक्षाका दरले तालिम संचालन भएको थियो । तालिममा लैंगिक संवेदनशील पत्रकारिता, मिडियाको सामाजिक उत्तरदायित्व, मिडिया, भ्रामक सूचाना र विदेशी नीति, विदेश नीति निर्माण र संरचनामा मिडियाको भूमिका, गलत सूचनाको सामना र रोकथाम, सूचनाको महामारी, भ्रामक सूचना रोकथामको तरिका र पत्रकारको भूमिकालगायतका विषयमा छलफल भएको थियो ।
तालिममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्त, महिला, बालबालिका र जेष्ठ नागरिक मन्त्रीको सल्लाहकार लैंगिक र मिडिया विज्ञ डाक्टर समिक्षा कोइराला, अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराई र विश्वविद्यालय शिक्षा घानाका मिडिया शोधकर्ता डाक्टर गिफ्टी आपिया अद्जेइले सहजीकरण गरेका थिए ।
सहभागीहरुले भ्रामक र गलत सूचना रोकथाम गरि नागरिकसामू संचारमाध्यमको विश्वासनीयता बढाउन तालिम उपलब्धीमूलक भएको प्रतिक्रिया दिएका थिए ।
सोही तालिम समूह ‘ख’ का लागि आउँदो सोमबारदेखि सुरु हुनेछ । सो समूहमा झापा, इलाम र पाँचथरका १५ जना पत्रकारको सहभागिता रहने मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले जानकारी दिए ।
यसअघि पहिलो चरणको तालिम १५ र १६ फागुन २०७६ मा एकै समूहमा इलाममा संचालन भएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


