इटहरी कांग्रेसमा उदाउदो एक महिला नेतृ कृष्णकला राई

इटहरी
कृस्णकला राई नेपाली काङ्रेस इटहरीमा उदियमान कार्यकर्ताको रुपमा देखिएकी छ्न।नेपाली काङ्रेसको १४ रस्ट्रिय महाधिबेसनकोलागी बिबादित केही जिल्ला बाहेक अधिकांसमा वडा अधिबेसनहरु सम्पन्न भएका छ्न।कृयाशिल सद्स्यता सम्बन्धमा नेताहरुबीच गुट्गत विवादले केही जिल्ला प्रभावित भए पनि अब आउने असोज ९ गते नगर अधिबेशन हुँदै छ।इटहरी उपमहानगरमा काङ्रेस सभापतिकोलागि ३ जना उम्मेद्वार मैदानमा खडा भएका छ्न।अघिल्लो २ कार्यकाल सभापती रहि सकेका हेमकर्ण पौडेल,निबर्तमान सचिब प्रकाश बस्नेत र बिध्यार्थी नेता रहेका बिकाश केसि पनि चुनाब लडेर इटहरी उपमहानगरमा काङ्रेसको नेतृत्व लिने होडबाजीमा छ्न।काङ्रेसमा देखिएको सस्थापन समूह भन्दा इतर रहेर उम्मेद्वारी दिने हेमकर्ण पौडेल र सस्थापन पक्षका भनिने बिकास केसीबीच मुख्य प्रतिस्प्रधा देखिन्छ।तेर्स्रो गुट कृष्ण सिटौलाको पक्षमा भनिएका प्रकाश बस्नेतको उम्मेद्वारीले कोइराला रामचन्द्र पौडेल खेमा भनिएको गुटका हेमकर्ण पौडेललाई फाइदा पुग्ने प्रछेपण गर्न थालेका छ्न।बिकाश केसीलाई ब्यपारि तथा ठेकेदार भिम पौडेलको सपोर्ट रहेको छ।काङ्रेसमा भिम पौडेलको उल्लेखनीय राजनीति ईतिहास नभई केबल पैसा खर्चको कारण मात्र उदाउन खोजेको देखिएकोले त्यस्तो राजनीति कामयाबी हुन नसक्ने पुरानो ईतिहास बोकेका काङ्रेस नेताहरु बताउछ्न।पौडेल उध्योग बाणिज्य सङ् इटहरीका अध्यक्ष््य पनि हुन । यस्तै सेरो फेरोमा कृष्ण कला राइले इटहरी ८ बाट काङ्रेस नगर सद्स्यको उम्मेद्वारी घोषणा गरेकी छन।२० वटा वडाहरु रहेको इटहरीमा प्रत्येक वडाबाट दुई जना महिला सहित ५ जना सद्स्य सिट हुन्छ।काङ्रेसमा आफै अघि सरेर राजनीति सुझ बुझ सहित नेत्तृत्व लिन खोज्ने महिला असाध्यै कम छ्न।भन सुन ,पारिबारिक लिगेसी,नाताबाद कृपाबाद हो यस्तै तरिकाले ल्याउने तर अहिले कृष्णकला राई आफनै सुझारुपन लिएर उदाएकी महिला नेतृ हुन । उनको वडामा मनिता तामांग र रन्जिता पंजियारले पनि उम्मेदवारी घोषणा गरेका छन भन्ने चर्चा छ । मनिता काँग्रेसमा पहिला देखि नै लागि पर्दै आएकी महिला नेतृ पंछि वाइबाकी छोरी हुन। उनीसंग आमाको खटाई बाहेक अरु कुनै थप सक्रियता छैन । पेसाले ब्युटिपार्लर ब्यबसायि हुन भने रन्जिता पंजियार काग्रेसका स्थानीय पुराना नेता शेखर चौधरीकी बुहारी हुन । उनीसंग पनि राजनीतिक रुपमा खास क्षमता छैन । पारिवारिक सम्बन्ध सम्पर्कले मात्र राजनीति गर्नु भन्दा आफनै बुद्धिविवेकले आस्था राजीतिकमा लाग्नु पर्छ भन्ने मान्यता बोकेकी कृष्णकलाले बिराटनगर महेन्द्र मोरंग क्याम्पसबाट बाणिज्य शास्त्रबाट एमबिएस गरेकी हुन । लाहुरेकी छोरी भएका कारण उनको परिवारमा खासै राजनीतिक लिगेसी नभएपनि इटहरीमा आएदेखिै समाजसेवामा सक्रियता देखाउंँदा देखाँंदै क्रियाशिल सदस्यता लिएर काँग्रेसमा होमिएकी छन । पहिला बिध्यार्थीकालमै बिराटनगरमा अहिलेका मेयर भिम पराजुली,अहिले प्रदेश संसदमा काँग्रेसका प्रमुख सचेतक केदार कार्की, बासु कोइरालाहरुको संगतले कांग्रेस राजनीतिमा प्रबेश गरेको बताउंछिन राई ।

डिग्री क्याम्पसमा छात्रा इकाई सदस्य हुंदै अहिले नगर सदस्यको उम्मेद्धारी दिंदा जित्ने आत्मबिश्वास रहेको बताएकी छन । इटहरीको जनता बहुमुखि क्याम्पसमा प्राध्यापन गर्ने कृष्णकलाले पत्रकारिता मार्फत जनताको आबाज प्रष्फुटन गराउन आफै सम्पादक रहेर प्रभात खबर डटकम नामक अनलाइन पत्रिका पनि सुरु गरेको निक्कै समय भएको छ। सत्य र निष्ठाप्रति बफादार कृष्णकलाको पत्रकारितामा खटाई हेर्दा मै हुं भन्ने अरु थुप्रै पत्रकारहरु पनि सजक हुन थालेका छन । मनको कुरा प्रष्ट ढंगले राख्ने जाली,छलकपड नभएकी कृष्णकलाको स्वभावले इटहरी काँग्रेसको भबिष्यलाई मजबुत पार्न सक्ने संभावना छ । इटहरी नगरको कांग्रेस बृतमा राईलाई नचिन्ने कांग्रेस कमै मात्रामा छन । “नगर अधिबेशनमा मलाई २० वटै वडाका क्षेत्रीय प्रतिनिधीहरुले भोट हाल्नु हुन्छ भन्ने बिश्वास छ ”उनले भनिन। अहिले प्रखर यूवा नेता हेमकर्ण पौडेल सभापति हुनु पर्ने कुरामा जोड दिंदै कांग्रेसको पार्टीमा महिला सहभागिताकालागि महिला स्वयम अघि बढनु पर्ने अबाश्यक्ता देखेर उम्मेदवारी दिएको बताएकी छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


