Spread the love
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले नयाँ नक्सा पास केहि समयको लागि रोक्का गरेको छ । इटहरी उपमहानगरपालिकाले पुरानो फाईलहरुको काम अगाडी बढाए पनि नयाँ घर नक्सा पासको काम रोकिएको जनाएको छ । पहिला इजाजात लिएकाहरुले भने घर बनाउन पाउने छन ।

पुरानो फाईलहरुको काम धमाधम भईरहे पनि नयाँ नक्सा पासको काम केहि समयको लागि रोकिएको इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले बताईन । नक्सा पासको नयाँ दर्ता रोकिएको उपमेयर गौतमले जनाईन । घर नक्सा शाखामा चाप बढे सँगै केहि समय नयाँ दर्ताको काम रोकिएको हो ।

इटहरी उपमहानगरपालिकामा नक्सा पास गर्नेहरुको चाँङ लागे पछि नयाँ नक्सा दर्ता पक्रिया रोकिएको जनाएको छ । १० दिन सम्म दोस्रो चरणको इजाजत दिने र १० दिन सम्म सम्पन्न दिने गरि अहिले तत्काल नयाँ नक्सापास दर्ता पक्रिया रोकिएको इटहरी उपमहानगरपालिका घर नक्सा शाखाले जनाएको छ ।

इटहरीमा घर थपिने क्रम बढ्दो

२०५० पछि माओवादी युद्धकालमा इटहरीलाई सुरक्षित ठाउँको रूपमा मानिसले रुचाए । त्यो सँगै २०७२ सालमा आएको महाभुकम्प पछि इटहरीमा पुःन घरहरु थपिने क्रम तिब्र छ । २०७१ सालमा एकम्बा,खनार,हाँसपोसा र पकलीलाई मिलाई उपमहानगरपालिका भए पछि इटहरी चम्किन पुग्यो । २०५३ सालमा इटहरी नगरपालिका घोषित भयो । त्यसको २० वर्ष नपुग्दै खनार, हाँसपोसा, पकली र एकम्बा गाविस समेटेर २० वटा वडासहितको उपमहानगरपालिका बनेको छ ।

बसाई सराईको दरसँगै इटहरीमा व्यक्तिगत घर निर्माण र व्यवसायीक प्रतिष्ठानका घरहरु बन्ने क्रमले तिव्रता पाएको छ । मासिक औषत एक सय भन्दा बढी घरहरु बन्ने गरेको छ । यो तथ्याकले इटहरीलाई पहाडी क्षेत्रका बासीन्दाले रुचाउँछन भन्ने पुष्टि हुन्छ । बािर्षक दुई हजार भन्दा धेरै घर इटहरीमा थपिदै आएको छ ।

समुद्र सतहबाट ११६ देखि १६४ मिटरसम्मको उचाइ र कुल चार हजार १७७ हेक्टरमा फैलिएको इटहरी नगरक्षेत्रमा आवास तथा व्यापारिक क्षेत्र ३० हेक्टर भन्दा बढि जमीनमा फैलिएको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी उमहानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ