Spread the love


इटहरी
कृषि बिकास बैंक इटहरी शाखामा हाकिम केदार अधिकारीको मनपरी चल्न थालेको छ । मेनेजर अधिकारीले इटहरी चौकमै रहेको कार्यालय सार्ने बाहानामा मोटो रकम खाएका छन । सुबिधा सम्पन्न भवन हुंदा हुंदै अहिले सारिएको अफिस साँगुरो र सेवाग्राहीकोलागि असज छ। पार्कीङ त्यति राम्रो छैन । खुल्ला स्थानमा मजाले बनाएपनि हुने टन्न जग्गा हुंदाहुंदै बैंकका हाकिमले भाडामा बस्दा घरपेटीसंग मिलेर कमिशन खान पाइने हुंदा आफनै भवन बनाउन चाहाना गर्दैनन । नाफामा रहेको सरकारीबैंकका थुप्रैतिर जग्गा छन । कतिपयले ऋण तिर्न नसक्दा लिलाम हुने जग्गा जमिनहरु प्नि टेण्डरको बाहानामा सेटिग मिलाएर आफनै सम्पर्कको मान्छेलाई बेची कमिशन हाम पार्ने गर्दछन। उक्त बैंक भन्दा ढिलो आएको हिमालय बैंकले आफनै भवन बनाई सकेको छ । नीजी क्षेत्रको बैंकहरु भन्दा सरकारी क्षेत्रको यो बैंक निक्कै आम्दानी मुलक संस्था हो । कार्यालय सार्दा आफनै दाजुभाई नाता पर्ने इन्द्र अधिकारीको घरमा लाने सेटिंग मिलाएका छन। के कति भाडा हो? कुन प्रकृयाले त्यसो गरियो? जनतालाई सुबिधा भन्दा असुबिधा हुने उक्त अफिस घर पहिले रहेको भन्दा चेपारो छ । ऋण फाँटका बस्नेत थरका कर्मचारीले सेवाग्राहीलाई गति छाडा ब्यबहार देखाउने गरेको गुनासो छ । पैसा खाने मेलो नपाउंदा सेवाग्राहीसंग नियम कानुनको कुरा गरेर अलmल्याउने र खान पाउंने ग्यारेण्टी भएपछि नहुने काम पनि सजिल्यै गर्ने गरेका छन । लन लिन सबै कागजात पुरयाएर जाने सेवाग्राहीलाई २५। ३०वटा कागजमा सही गराउन लगाउने र खाने मेलो नपाउंदा यो भएन र त्यो भएन भनि हप्काउने गरेका छन । निर्माण ब्यबसायिले त्यसु अफिसबाट बनाएको बिडबोण्डहरुको म्याद सकिएपछि अटोमेटिक क्यान्सिल गर्नु पर्नेमा क्यान्सिल नगरि निर्माण ब्यबसायिसंग बिभिन्न बाहानाबाजी गरेर पैसा असुल्ने गरेको भन्दै कृषि बिकास बैंक इटहरीसंग गुनासो गर्नेहरु बढदै गएका छन ।