Spread the love

इटहरी । इटहरी क्षेत्रमा रहेर विभिन्न ब्यवसायी तथा रोजगरी गर्दै आएका हरुको ब्यापार साथै रोजगार बन्द भएका कारण समस्यामा परेको तर्फ मध्यनजर गर्दै समाजसेवी रमेश खत्रीले घर भाडामा छुट दिएका छन् ।
नेपाल सरकारले कोरोना भाइरसबाट बच्न गरेको लकडाउनको अवधिमा घर बहालमा बस्नेहरुको घरभाडा छुट दिन गरेको आग्रह अनुसार इटहरीका व्यवसायी, तथा समाजसेवी खत्रीले आफ्नो घरमा बस्दै आएकाहरु लाई २ महिनाको घरभाडा छुट दिने भएको छ ।

सार्वजनिक यातायात केन्द्रीय महसंघ प्रदेश १ का महासचिव तथा यातायातका सञ्चालक रहनु भएका खत्रीले सरकारले १ महिनाको घरभाडा छुट दिन आग्रह गरेकोमा आफुले सरकारको आग्रहलाई सहर्ष स्विकार गर्दै घर भाडामा बस्नेहरुको अवस्थालाईमध्यनजर गरी गरि २ महिनाको घरभाडा छुट गरि दिएको बताए । इटहरी क्षेत्रमा रहेर विभिन्न सामाजिक कायृ गर्दै आएका खत्रीले आफ्नो घरमा रहेका एउटा सटर सहित ५ वटा कोठाको चैत्र र बैशाखको घरभाडामा छुट दिएको बताए। लामो समय देखि लकडाउनका कारण मारमा परेका भएपनि घरधनीले घर बहालमा बस्नेहरुको अवस्था हेरेर घर भाडामा छुट गर्नु पर्ने बताए ।
। आफुले आफ्नो कर्तव्य पुरा गरेको भन्दै उनले अब यातयात व्यवसायी समेत ठूलो मारमा परेको अवस्था रहेकाले सरकारले यसतर्फ केही राहतका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । यता खत्रीको घरमा व्यवसाय गरेर बसिरहनु भएका हिरालाल ऋषिदेवले लकडाउनका कारण आफ्नो पसल समेत राम्ररी नचलेर गुजारा गर्न समस्या परिरहेको बेला २ महिनाको घरभाडा छुट पाउँदा निकै राहत पुगेको बताए इ।