इटहरीका अधिकाँस धारामा ४ दिन देखि पानी आएन
इटहरी,पीबी दियाली
उपमहानगरपालिकामा काम सकेको देखाएर भुक्तानी दाबी गर्न आउने हतारोका कारण उपभोक्ता समितीहरुले सडक बनाउने नाममा जथाभाबी भतकाउंदा खानेपानीको लागि बिक्ष्याइएको पाइप काटिन गएको कारण इटहरी उपमहानगर क्षेत्रका प्राय स्थानहरुमा उपभोकताले ४दिन देखि पानी खान पाएका छैनन। इटहरी ८ गैसार जानेबाटो छेउमा घर बनाउंदै गरेका कामदार अनोज मण्डलले पानी पिउन नपाएर गुनासो गरेका छन । राती राती ११।१२ बजे पानी आएर धारा कराउने गरेपछि उठेर पानी खाएको बताए। हपहपी गर्मी बढेको बेला घरघरमा प्रसस्त पानीको आबाश्यक्ता पर्ने उपभोक्ताले इटहरी खानेपानी संस्थाप्रति गुनासो गरेका छन । खानेपानी संस्थासंग समन्वय बेगर बिकास निर्माण कार्य गर्दा अन्जानमा पानीको पाइप तोडफोड भएर सप्लाई रोकिने पुरानै समस्या रहेको भन्दै बयबस्थापक हरि कटवालले आफनो फेसबुक पेजमा उपभोक्तालाई स्पष्टिकरण दिएका छन । खानेपानीको टुटी सुकेपछि कतिचोटी फोन गरे उठाएनन। यो उपभोक्ता माथि अन्याय नभए के हो ? इटहरी ८की सान्ति हगतराजले गुनासो गरेकी छन। घरमा भएको कल पनि सुकेको र छेउछाउमा दोकान पसलहरुपनि लकडाउनले गर्दा बन्द भएपछि मिनिरलवाटरको बोतल किनेर खान खोज्दा पनि नपाएर तिर्खै सहेर बसेको गहतराजले बताइन । धारामा पानी नआउंदा होटल ब्यबसाय गरेर बस्ने पुनम शंकरले आफन्तको घरबाट पानी बोकेर खाना पकाउनु परेको गुनासो गरेकी छन । खानेपानी संस्थाका हरि कटवालले के जवाफ दिन्छन त भनि सम्पर्क गर्दा मेयरसंग कुरा गरेर बिकासको नाममा काम गराउंदा समन्वय गरिदिन आग्रह गरेको बताएका छन । ४।४ दिन देखि यस्तो समस्या आउंदा वेवास्ता गरि रहने खानेपानी संस्थालाई उपभोक्ताले घेरा उगर्न जाने तयारी गरेका छन । पाइप फुटने गरि किन काम गराउने? र काम गर्दा फुटि हाल्ने गरि पाइपलाइन किन बिक्षयाएको? जनताबाट लिएको महशुल देखि लिएर जडान खर्च,दात्री संस्थाको ठूलो लगानी ,उपमहागरको बजेट किन र कसरी खर्च हुंदैछ ? जनताले चासो राखेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


