आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर
काठमाडौं । आर्किटेक्ट मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट स्नातक गरेकी हुन् ।

आफू मिस नेपाल वल्र्ड २०१८ भएता पनि आफनो इन्जिनियरिङ पेशा अनुरुपको प्रोडक्टमा ब्राण्ड एम्वेसडर हुन पाएको उनले खुशी व्यक्त गरेकी छिन् । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने गोर्खा इको प्यानलको प्रयोगबाट भूकम्पपश्चातको पुननिर्माण तीव्र हुने सम्भावना भएकोले पनि आफू गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर बनेको उनले सुनाइन् ।
वर्तमान समयमा निर्माण सामाग्रीको दुनियाँंमा नयाँं-नयाँं निर्माण सामाग्रीहरु बजारमा उपलव्ध भएको कुरा औंल्याउँदै आर्किटेक्ट मिस नेपाल खतिवडाले आर्किटेक्टहरुले भबन डिजाइन गर्दा गोर्खा इको प्यानल जस्ता भूकम्पप्रतिरोधात्मक र वातावरणमैत्री निर्माण सामाग्री प्रयोग गर्न जोड दिइन् । मिस नेपाल श्रृंखलाले गोर्खा इको प्यानलको उपयोगीताबारे धेरै अध्ययन पश्चात मात्रै ब्राण्ड एम्वेसडर बन्न राजी भएको खुलाइन् ।
गोर्खा इको प्यालनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवाल र मिस नेपाल वल्र्ड २०१८ श्रृंखलाले दुई पक्षबीचको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आर्किटेक्ट ईन्जिनियरहरुको भाबनालाई आर्किटेक्ट इन्जिनियरले नै प्रतिनिधित्व गर्न सक्ने भएकोले आर्किटेक्ट मिस नेपाल श्रृखलालाई ब्राण्ड एम्वेसडर बनाएको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


