अस्पतालमा उपचार नपाएर दलित यूवा मरे
इटहरी,
पी बी दियाली
इटहरी उपमहानगरपालिका वडा न ५ जनता बस्ती भित्र रहेको सगरमाथा टोलमा एक जना २२ बर्षिय दलित यूवाले अस्पतालमा उपचार नपाएर ज्यान गुमाएका छन । अत्यान्तै गरिव परिवारका सन्तोष बिश्वकर्मा (साशंकर) नाम गरेका ती यूवाकी बृद्धा आमा मात्र छिन । बिगत १५।१६ बर्ष देखि सानो झुप्रोमा बस्दै आएका आमा छोरा कोरोना भाइरसको संक्रमणले लकडाउन शुरु भएपछि राम्रोसंग खान नपाएर भोकभोकै रहने गरेका थिए ।

आमा धनमायाले होटलमा भाँडा माझने र छोरा सन्तोषले टेम्पोमा खलासी गर्ने काम गरेर बस्दै आएकोमा लक डाउनपछि दुबै जनाको काम खोसिएको थियो । काम नपाएपछि निक्कैदिन भोकभोकै रहेको देखेर छरछिमेकले सानोतिनो सहयोग दिने गरेको तर प्रर्याप्त नभएको छिमेकी रंगिता बिक गजमेरले बताउनु भयो । उनका अनुसार पहिलो चरणको लकडाउनमा वडाले केही दाल चामल दिएको थियो । दोस्रो चरणमा केही हुन्छ की भनेर सोधखोज गर्दा कतैबाट केही आएन । राम्रो खान त परै जाओस आरामले बस्न पनि बाढी र झरि परेकोले अप्ठयारो भएपछि सन्तोसलाई १५ दिन अघि रोगले सताएको थियो । जण्डिसले पहेंलो देखिएका उनलाई ज्वरो पनि आउने गरेपछि आमाको हारगुहारमा छिमेकीले ९ ह

जार जुटाएर कोशी अंचल अस्पताल बिराटनगर लगेका थिए । अस्पतालमा गरिवी देखेर होकी किन हो भर्ना गर्नै मानेन त्यसैले हतार हतार घर इटहरी फर्काएका थिए । छिमेकीका अनुसार इटहरीको सामुदायिक अस्पतालमा पुरयाउंदा त्यहाँ पनि छिछि र दुरदुर गर्दै परपरैबाट यसो हेरेर अलिअलि दवाई दिइ पैसा निक्कै पैसा चप्काइ दिए पछि उनलाई घरमै ल्याइएको थियो । दुईदिन अघि राती भिषण बर्षा र चटयाङ आईरहेको बेला उनको झुपडीमा बाढी पस्यो । त्यही बेला रुइकराई गर्दा पनि कसैले सुन्ने मौका पाएनन । त्यही बेला सन्तोषको प्राण गएछ बिहान मात्र थाहा पायौं छिमेकी बिकले भनिन । तुलसा ज्वलरका रमेश बराइलीले कात्रो,छिमेकीले बाँस अनि कसैकसैले अलिअलि पैसा जुटाएर बुढीघाट लगेर लास सदगद गरेका छन । अहिले शोक बारेर बसेकी बृद्धा आमा धनमायालाई सहयोग गर्न समाजले केही चासो देखाएको छ । दलितका नेता राकेश बराइली,राजकुमार गजमे

र,रमेश बराइली लगायतको एउटा टोलीले साढे ५ हजार रुपैंयाँ छिमेकी रेणुका श्रेष्ठको हातमा दिएर गएको स्थानीय जीवन खातीले बताएका छन । मृतक सन्तोषलाई अस्पतालले भर्ना लिएन ।अकालमै ज्यान गयो खातीले भने । काम गर्न न

पाएर राम्रोसंग खान र बस्न नपाए पछि रोगले छिटटै भेटेर गरिवले मर्नु परयो । जनता बस्तीका स्थानीयहरु त्यसै भन्छन । उमेरदार छोराले ज्यान गुमाए पछि बृद्धा आमा चिन्तामा छिन । उनको उद्धार गर्न उपमहानगर पालिकाले ध्यान दिनु पर्ने बुद्धिजीबीहरु बताउंछन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


