अस्पतालको बिकास भएपछि मन बरालिएका वडाध्यक्ष बराल
इटहरी
प्रकाश ब्याकुल दियाली
इटहरी उपमहानगरपालिका वडा नं ९मा साबिक प्राथमिक स्वास्थ्य केन्द्रले फडको मारेर इटहरी अस्पतालमा परिणत भई सुबिधा सम्पन्न बिल्डिङ बन्न लाग्दा इटहरीका जनता चाहीं खुशि छन भने सोही वडाका वडाध्यक्ष भुपेन्द्र बराल चाहीं कमिशन आउनेबाटो खोसिएकोमा भुतभुतिएका छन ।

स्वास्थ्य चौकीबाट अस्पतालमा परिणत भई संचालनको सुरुआती चरणमा नगरपालिकाको नियम अनुसार जुन वडामा अस्पताल छ त्यही वडाको अध्यक्ष त्यस अस्पतालको अध्यक्ष हुने ब्यबस्था थियो। केन्द्र सरकार वा संघीय सरकारको १८ करोड भन्दा बढी लगानी पाएर ठूलो र सुबिधा सम्पन्न १५ बेडको अस्पताल बनिन थालेपछि आर्थिक गतिबिधी अन्तै तिर पुग्ने डाहले गर्दा वडाध्यक्ष बराल लगायत अन्य सदस्यहरुको मन भने भक्कानिएको छ ।
परानो संरचना तोडफोड गरेर जमिन खाली पारि ठेक्केदारले

भक्काभक काम त थालेका छन तर जो आस लाग्दो उही जेठाजु भने झैं यत्रो बर्ष मेहिनेत पछि ठूलो प्रोजेक्ट आउंदा चलखेल गर्ने मेलोमेसो खोसिएपछि रिसाएर बमबम भएका छन । बिकासका नाममा अस्पताल भित्रको संरचना बन्दा किन र कसरी यो गति भयो त ? यसको भित्री रहस्य भने यस्तो छ ।
संघीय सरकारले सो भवन निर्माणको लागि बजेट बिनियोजन गर्दा आबाश्यक कागजातहरुमा मेयर द्धारिकलाला चौधरीको आधिकारिक हस्ताक्षेर चाहिने भन्दै वडाध्यक्षको प्रोटोकललाई अस्वीकार गरेको भन्ने समाचार स्रोतले बताएको छ । स्रोका अनुसार उक्त प्रोजेक्ट हत्याउन हतार हतार उपमहानगरपालिकाको नगरपरिषदले १५ बेड माथिको अस्पताल उपमहानगर स्वास्थ्य समितिले संचालन गर्ने र समितिको संयोजक मेयर नै रहने ब्यबस्था स्वास्थ्य ऐनले पारित गरको हो ।
स्वास्थ्य ऐन पारित भएपछि इटहरी अस्पतालको अध्यक्षबाट देखादेखी कु गरिएका वडाध्यक्ष बराल अहिले बिछिप्त नै बनेका छन । आफनो अधिकार माथि हस्तक्षेप भयो ? यसमा ठूलै खेल छ ?तर के गर्नु खै? वडाध्यक्ष बरालले मन अमिलो पारेर पत्रकारसंग गुनामसो गरेका छन । हामीले दुख्ख गरेर यहाँ सम्म ल्यायौं अहिले ठूलो बजेट आउंने बनाएपछि अधिकार मेयरको हातमा गयो ? अध्यक्ष बराल र महिला वडासदस्य कुमारी कुमारी न्यौपानेले अलि अक्रमक शैलीमा प्रतिक्रिया दिंदै गर्दा वडासचिव संजिब खडकाले पनि हो मा हो मिलाएका छन । वडामा सचिव रहेर काम गरेपछि खडकाको घर बिल्डिङमा राम्रै परिवर्तन आएको देख्नेहरुले बताएका छन । भए गरेका कामकाजको कागजतहरु राम्ररी अध्ययान गर्ने हो भने ९ नं वडामा कसले कसरी कमाउंदै छ ? बिकास निर्माणका कामहरुमा कतिको गुणस्तर छ? भन्नेबारे छर्लङ हुंदा कोही चुप लागेर बस्न नसक्ने अबस्था रहेको समाचार स्रोतले बताएको छ । उक्त अस्पताल भवनको काम भई रहंदा सो १८ करोड बजेट मध्ये नीति गत रुपमा नै १० प्रतिशत रकम मेयर द्धारिकलाल चौधरीको मनोआकांक्षा अनुसार चल्दछ । अन्य निर्माण सामग्रि प्रयोगमा ठेक्केदारले दायाँबायाँ गर्दा मिलीभगत भए अझै झन धेरै आर्थिक फाईदा हातलागि हुन्छ। आफु अध्यक्ष भई रहेको भए त्यो कमाई आफनो हुनेमा जानाजान खोसिएकोले वडाअध्यक्ष बराल एकदमै असन्तुष्ट छन । यहाँ खेल भयो । बरालले पत्रकारसंग भनेका छन। आफुले चलाउंदा खेरी बिमा लगायत निशुल्क दिने औषधीमा १७ लाखको टेण्डर हालेर ७ लाखको मात्रै औषधी ल्याउने खेललाई रोकेर भ्रष्टचार हुन नदिने मान्छे म हुं भन्दै बरालले कमिशनको मोह होइन भनेर इन्कार गरेका छन । एमाले पार्टीमा ओली गुटका मेयर चौधरी र सोही गुटका अध्यक्ष बरालबीच काम गराइका क्रममा त्यति राम्रो सम्बन्ध नभएको तर बाहिर नआएको बताइएको छ ।

वडाध्यक्ष हुन पनि पार्टीका तत्कालीन माथिल्लो नेता भिम आचार्यलाई मनग्गै पैसा टक्रयाएर टिकट हात पारेका बरालले पदावधी सकिन लाग्दा बन्दै गरेको अस्पताल भवनबाट थोरबहुत उक्सिने सोच राखेकोमा मेयर चौधरीको चतुरयांईले गर्दा भाताभुंग भएको छ । सोचे अुनसार नभएपछि अहिले सकेसम्म मिलेर बाँडने नसक्दा भाँडभैलो मच्चाउने पक्षमा लागेर यो कुरा एमालेमा प्रभाबशाली नेता रेवती भण्डारी समेतमा पुरयाई सकिएको स्रोतले बतायो । काँग्रेस नै भएपनि एमालेमा प्रायः सबै नेतासंग ब्यबसायिक सम्बन्ध राखेका इटहरी ३का कुमार गिरीको समुहले लिएको उक्त भवनको ठेक्काकोलागि निक्कै किसमिको चालबाजी भएको थियो । इन्जिनियर जीवन घिमिरेको मिलेमतोमा गुणस्तरहीन सामाग्रि हालेर यसो रुपमात्र ठडयार उदघाटन गराउने र बचाएको पैसा मिलेर खाने कसरतमा जो पनि तम्सिएका छन । अहिले काम चलि रहेको भवन जुन छ त्यो प्रदेश सरकारले दिएको बजेट्मा बनेको थियो । कम्जोर निर्माण सामाग्रि प्रयोग गरेर बनाएकोले प्रशासनिक कक्ष रहेको कोठामा पानी परेको बेला छत चुहिएर भैंसी बस्ने आहाल जस्तै हुन्छ । अन्य कोठाहरुमा पनि माथीको छतको हालत उस्तै छ । अगाडी पटी खाली जग्गामा भर्खरै ट्रष्ट हालेर गोदाम घर जस्तो बनाइएको छ । हतारहतारमा बनाउन थालिएको उक्त छानो त्यति ब्यबस्थित छैन । किन र कहिले सम्म खास के प्रयोजनको लागि निर्माण गरिएको भन्ने ठोस आधार नदिईआबास्यक्ता भन्दा बढी रकम खर्च भएको हुन सक्ने भन्दै प्रतिपक्षीहरुले आँखा डुलाउन थालेका छन । सेवाग्राहीलाई बिश्वासिलो सेवा दिंदादिदै ठूलाठूला योजना ल्याउने नाममा आफनो अधिकार खोसिएको, ल्याइएका डाक्टरहरुलाई टिकाउन नसकिएको,औषधी,उपकरण,बिषेसज्ञ डाक्टर,बिमा सेवा,निशुल्क औषधी,कर्मचारी,प्राबिधिक,स्टाफ नर्सको उपलब्धता,कोरोना खोप,क्वारेण्टाइन संचालन,पीसीआर टेष्ट,एण्टिजेण्ट टेष्ट,बिरामी चेकजाँच ,रिफर,प्रसुति,चेकजाचकोलागि ल्याब मेशिन प्रयोग,मर्मतसंहार र नयाँ ल्याउने अनि औषधी टेण्डर सम्बधमा चित्तबुझदो काम हुन नसकेको लगायतका कमजोरी जति सर्बत्र कुरामा मेयरलाई उक्साएर अध्यक्ष खोस्ने षडयन्त्र भएको भन्ने कुराले वडाध्यक्ष बराल यतिबेला आफनै वरपरकासंग निक्कै मजाले रिसाएका छन । काम गराइृ मिलेन । दुख्ख गर्ने हामी हौं । अहिले खेल भयो । बरालले निक्कै खेप भनेका छन । कोरोना भ्याक्सिन लगाउंदा आफन्त र नातागोता घुसाउने सन्दर्भ देखि अहिले अस्पताल बन्दै गर्दा समेत जनप्रतिनीधिहरु केही कर्मचारी संग सन्तुष्ट हुन नसकेको समाचार स्रोतले बताएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


