अर्कै नेतालाइ अघि सार्दा केपि ओलीको के बिग्रन्छ र?
pb diyali

जति गर्नु गरि सके ।यत्रो उद्दुम मच्चाउदा पनि केही लछारपाटो लाउन सकेनन।खाली दुर्नाम र घृणा भन्दा अरु छैन ।खुरुक्क साइड लागेर बसि अर्कै नेतालाइ अघि सार्दा केपि ओलीको के बिग्रन्छ र? न यी देउता हुन न देबि? कम्युनिस्ट नामको बदनाम गरि कहिल्यै उठन नसक्ने बनाउन ओली लिट्टी कसेर लाग्नु र हनुमानहरु लुत्रुक्क भएर जयजय गान गाई रहनुमा त्यस्तो रह्स्य के छ होला? बर्बादको बाटोमा मुन्टै जोतेर किन हिड्नु ? भगवानै बनाउने जस्तो गरेर ब्यक्तिको पछि किन लागेका? ओरि परि घुमेर ओलीका उखान तुक्काको तालमा रमाउदै खितिती हास्ने भतुवा मन्ड्लिहरु हैकमी उद्दुमको नाइकेको पछि लागेर पार्टी भड्खालामा हाल्न किन उद्द्त छ्न?सत्ताको राप र तापले सेकिएकाहरु जो विभिन्न पद पड्काएर ढलिमलि गर्दैछ्न के तिनिहरुको त्यो रफाब जिन्दगिभरी हो?ओलीले मनखुसी गेरेको जे काम पनि सहि भन्दै थपडी बजाएकै भरमा पद प्रतिस्ठा जोगिन्छ भन्ठानेका केही छोटे तानासाहहरुको फुर्ती सानो छैन। दुइतिहाइ नजिकको सिङो पार्टी अनि त्यही किसिमको दमदार सरकार रहदा पनि पार्टिका सबै नेता कार्यकर्ताको भावना माथी लात बजार्ने प्रधान मन्त्री खडग ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर सम्सद बिघटन गर्दा हनुमानेहरु चुइक बोलेनन। ठूलो दबाब अनि व्यापक बिरोध गरेर जनता उर्लिए पछि अदालतले बदर गर्दा पनि ओलीले नैतिक्ता जोगाएर राजिनामा नगरी खाइ रहेका छ्न।लाज सर्म बेगर उल्टै ठुला कुरा गर्ने कुतर्केहरुको झुन्डका नाइके ओलीका कारण पार्टी सिद्दीने अबस्थामा छ । प्रधान मन्त्रीको कुर्सी पाउनका लागि प्रचन्ड सङ एकताको नाटक गर्ने ओली प्रबृतीले कैयौ जन बिरोधी काम गर्दा पनि एक तप्काले सहेकै हो।माधब नेपाल र झलनाथ खनालहरुले विधि प्रकृयाको थिती बसाउन बरम्बार आग्रह गर्दा अनेक सडयन्त्र रचेर ओलीले तुच्छता देखाए ।झुटा कुरा गर्ने, मधेसी ,दलित ,थारु,मुस्लिम ,आदिबासि जन जातिका कुरालाई खिल्ली उडाउने ओलीले अहिले जनता समाजबादीका केही लोबिपापीलाई फकाएर आफ्नो बिद्रुप शासन लम्ब्याउन टुप्पि देखि पैताला सम्मको तागत लाउदै छ्न।अफ्नो रबाफ हुदा उनिहरुलाइ वास्तै नगर्ने अचेल राता रात मधेस मुद्दाको मसिया हुन खोज्दै छ्न।आफू आफ्नै पार्टिबाट नाङिएर सडकमा पुग्ने बेलामा आफैले आतन्कारी भनेर प्रतिबन्ध लगाएको बिप्लब नेतृत्वको पार्टीलाई मुल धारमा ल्याएको नाटक गर्दै छ्न।भ्रस्ट चारीहरुको नाइकेको रुपमा रहेका प्रधान मन्त्री ओलीले राज्यको सबै सम्रचनामाथी नजर गाडेर राजा बन्न खोजे।रास्ट्रपति जस्तो सस्थालाइ बदनामको भुमरीमा हाले।कोरोनाको नाममा हनुमानेहरुलाइ अघि सारेर अर्बौ घोटला गराए।यस्तो हैकमि शासन त कुनै राजा महाराजाले नि गरेका थिएनन ।धर्मनिरपेछ्य राज्यमा हिन्दुले मात्र मान्ने पसुपती मन्दिरमा अर्बौको सुनको जलारी राखे।जनता खान नपाएर मरेका छ्न।रिण लागेर नदिमा बगेका छ्न।उपचार नपाएर मर्न बादय छ्न। बस्ने झुप्रो नभएर बिजोक छ।त्यस्ताकालागी कुनै योजना नल्याएर मठ्मन्दिर देवि देउताको नाममा राज्यको ढुकुटी सकेका छ्न ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


