रुकुम हत्याकाण्ड दोषीलाई उन्मुक्ति दिने कोसिस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी , कुनै पनि हालतमा सैह्य हुँदैन : प्रकाण्ड
काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १० गते रुकुम चौरजहारीमा भएको घटनालाई लिएर आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी प्रवक्ता प्रकाण्डले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्जातीय प्रेम र विवाहको विषयलाई लिएर घटाइएको घटनाले वर्तमान राज्य व्यवस्थाको मूल्य, मान्यता, संविधान र कानुनको समेत खिल्ली उडाएको बताए ।
विज्ञप्तिमा भनिएको छ, मान्छेको ज्यान लिने र वेपत्ता पार्ने गरी घटाइएको घटनाका योजनाकार, संलग्न ब्यक्ति र घटनालाई तोडमोड गर्ने संरक्षकहरुको आततयी, जंगली सामन्ती फासिवादी, श्रमजीवी र दलित समुदाय विरोधी तत्वहरुको आफ्नो पार्टीले कडा निन्दा र भत्र्सना गर्दछ ।
नेपाल र नेपाली जनताको शिर निउर्याउने र वेइज्जती गर्ने, जातीय भेदभाव गर्ने अपराधी र मानवता विरोधी तत्वहरुको यथासक्य पहिचान गरी कडाभन्दा कडा कारवाही गर्न र मृतक तथा वेपत्ताका परिवारहरुलाई उचित राहतको ब्यवस्था गर्न सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।
नेपाली जनयुद्धको समयदेखि खडा भएको जनवादी साँस्कृतिक मान्यताका विरुद्ध जेहाद छेडेको र विवाहसम्वन्धी ब्यक्तिगत स्वतन्त्रता र मानव अधिकार हनन भएको भन्दै उक्त घटना कुनै पनि हालतमा सैह्य नहुने कुरा उल्लेख गरिएको छ ।
साथै चौरजहारी घटना दलाल पुँजीपति वर्गको कथित संसदीय व्यवस्थाभित्र लुकेको सामन्ती निरंकुशतावादी, उत्पीडित वर्ग समुदाय एवं जाति विरोधी चरित्र सामन्ती ब्राह्मणवादी संस्कृतिको सक्कली अनुहार नेपाली जनताको सामु उदांगीएको भन्दै सवै वर्ग, क्षेत्र र समुदायको लागि बैज्ञानिक समाजवादी राज्यव्यवस्था हुनुको विकल्प नरहेको प्रकाण्डको भनाइ छ ।
घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न सम्बन्धित सबैलाई आग्रह गर्दै यदि दोषीलाई उन्मुक्ति दिने कोसिस गरिए उक्त मुद्दा जनअदालतमा प्रवेश गराउने चेतावनी दिंदै प्रकाण्डले उक्त कदममा आम जनताको साथ र सहयोग रहने विश्वास व्यक्त गरे ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



