Spread the love


काठमान्डौ, पुर्व गृहमन्त्री तथा रुकुम घर भएका नेकपा सांसद जनार्दन शर्माले रुकुममा भएको घटना मंगलबार संसदमा राख्ने क्रममा अन्य सांसदहरुले बिराेध गरेको घटना केवल संयाेग मात्रै छैन । जनार्दनले घटनाको ब्याख्या गर्ने क्रममा तीन मृतक र ३ बेपत्ता भेरीमा हाम फालेको भन्दै घटनालाई भवितव्यं तर्फ माेडन खाेजेका थिए ।अझै पनि जनार्दन देखि तल्लो स्तर सम्म उनको लाइनका कार्यकर्ता पंक्ति घटनामा सामान्य कुटपिट भएको तर ६ जनाले जानिजानि ठुलो भेरिमा हाम फालेको भनेर ब्याख्या गर्छन । घटनालाई अर्कै रुप दिन अहिले जनार्दन शर्मा केन्द्र स्तरमा ,प्रदेश सांसद गाेपाल शर्मा प्रदेश स्तरमा र स्थानीय स्तरमा घटना घटेको नगरपालिका चाैरजहारि नगरपालिकाका मेयर विशाल शर्मा रातदिन तल्लीन छन ।यी पात्रहरू किन यसरी घटनालाई परिवर्तन चाहान्छन त ? यसको भित्रि कारण फरक छ ।घटनामा संलग्न भनिएका ब्यक्तिहरु सँग यी तीन पात्रकाे गहिरो पारिवारिक सम्बन्ध छ ।घटनामा प्रत्यक्ष संलग्न भनिएका चाैरजहारि नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बम बहादुर मल्ल र चाैरजहारि नगरपालिकाका मेयर विशाल शर्मा काका भतिज हुन ।शर्माकि श्रीमती र मल्लकि आमा घरकै दुई बहिनी हुन ।यस्तै प्रदेश सांसद गाेपाल शर्मा अनल विशालका सहाेदर घरकै दाइ हुन ।घटनामा संलग्न वडा नम्बर ८ का अन्य धेरै मल्ल थरका ब्यक्ति जनार्दनका समेत घनिष्ट नातेदार हुन ।

घटनामा संलग्न आराेपमा पक्राउ परेका डाक्टर पढदै गरेका सन्तोष मल्ल जनार्दन शर्माका सहाेदर भाइ अनिल शर्माका सालाे हुन । त्यस्तै अर्का विभिन्न अपराधीक क्रियाकलापमा संलग्न हुदै प्रहरीकाे फरार सुचिमा रहेका उक्त घटनाको कारण पक्राउ परेका डिल्ली मल्ल पनि अनिल र विशालका नातेदार हुन ।सल्यानमा केही बर्ष अगाडि एउटा बसमा लुटपाट र हत्यामा सल्यान जिल्ला अदालतले दाेषि ठहर गरेपनि डिल्ली शर्मा हरुकै संरक्षणमा खुलेयाम हिड्ने गर्थें ।यस्ता धेरै पक्राउ परेका पात्रहरु संघिय सांसद जनार्दन र प्रदेश सांसद गाेपाल दुबैका आफ्नै भाइका आफन्त भएपछि घटना ताेडमाेड गर्नुपर्ने बाध्यता हाे । साथै घटनालाई अर्कै रुप दिन हतारमा प्रदेश सांसद गाेपाल शर्माले नेकपा रुकुमले छुट्टै छानबिन समिति गठन गरेको विज्ञप्ति समेत निकाले ।उनी नेकपा पश्चिम रुकुमको अध्यक्ष समेत हुन ,उनलेे गठन गरेको उक्त समितिकाे उनकै पाटीका एक सांसदले केन्द्रमै आलोचना गरेका छन । घटनाको सन्दर्भमा अहिले फरकफरक ब्याख्या समेत हुने गरेको छ ।उक्त घटनामा कमजोर पक्षलाई फसाउने र आफ्नालाइ जाेगाउने खेल सुरु भयो भनेर शर्माहरुकाे ब्यापक आलोचना हुन थालेको छ ।कतिपय पत्रकारलाई समेत समाचारकाे बिषयमा जनार्दन शर्माले थर्काएकाे भन्ने अपुष्ट आराेप समेत छ । चाैरजहारिका मेयर विशालले न्युज २४ टेलिभिजनमा घटनाको बारेमा बाेलेकाे अभिब्यक्तिकाे समेत आलाेचना भएको थियो ।यस घटनाको बारेमा नेकपा निकट दलित अधिकारकर्मि र दलित नेताहरु खासै चासोको साथ उभिएको देखिदैन ।