Spread the love

santi gajamer

Image may contain: one or more people, selfie, closeup and indoor
shanti gajaner itahari

जातिभेद बिरुद्द बिश्वमंच (Global foram) ले हरिनगरा गाउँपालिका वार्ड नं 3 का दलित(हृशिदेब) बस्तिका 25 घर परिवारलाइ राहत बितरण गरेको छ। जेष्ठ 5 र 6 गते हरिनगरा वार्ड नं 3 गौतमपुरमा गोरेटो बाटोको किनारमा बसोबास गर्ने 25 घर ऋषिदेब/ मुसहर का घर बाटो बढाउने निहुंमा डोजर लाएर भत्काइएको थियो।

नेपालको गरिबिको रेखामुनी रहेका सबैभन्दा पुछारमा रहेका मुसहर समुदायका मानिसहरुको अझैपनी एक पाइला जमिन उनिहरुको नाममा छैन। बनिबुतो गरेर गुजारा चलाउने उक्त समुदाय खोला किनार सडक किनारमा झुप्रो बनाइ बस्ने गरेका छन । कोरोना भाइरसका कारण भएको लामो समयको लकडाउन त्यसमाथी बिकासे नाममा भएको बस्ती बिनासले उनिहरुको अवस्था कस्तोहोला अनुमान लाउदा नि असह्य हुन्छ।

उक्त घटना समाजिक सन्जालमा भाइरल भएसी देशैभरिका दलित अधिकारकर्मी संघ सस्था र सरोकारवलाहरुको चर्को दवाब पछि उक्त वडाका वार्ड अध्यक्ष अर्बिन्द मेहेताले सबैको पुनर्स्थापना र तत्काल राहतको ब्यबस्था गर्छु भनेर सर्बदलिय बैठक बसेको थियो। उक्त घटनामा प्रदेश साम्सद उमिता बराइली बिश्वकर्माले स्थलगत अनुगमन गरेपस्चात स्थानिय सरकारले बिना योजना बस्तिका मानिसहरुलाइ कुनै ब्यबस्थापन नगरी घर भत्काएको स्विकार गरेर उनिहरुको ब्यबस्थापन मा तदारुकता देखाउने वचन बद्दता गरेको थियो। रोग र भोकको चपेटामा परेको मुसहर समुदायमा तत्काल राहतको आवस्यक्ता महसुस गरेर जातिभेद बिरुद्द बिश्वमंच (Global foram) ले 25 घरपरिवारलाई 10 केजि चामल 2 केजि दाल र एक पोका तेलको राहत दिएको छ। सो राहतका लागि ग्लोबल फोरम नेपालका संयोजक मोहन बिक संग पहल गर्नुभएको थियो। र संयोजनका लागि साथी फाउन्डेसन सुनसरिले सहयोग गरेको छ।