बालिका करणी काण्ड लागेपछि जिल्ला कमिटिबाट कमरेडलाई आउट
इटहरी
धनकुटामा शिक्षण पेसा गर्ने मदन अधिकारीलाई उनकै बिध्यार्थी दलित किशोरीले यौन सम्पर्क गरेर पेट बोकाएको मुद्धा हाले पछि अधिकारी जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन ।

नेकपा धनकुटाले यो मुद्धाको टुंगो नलागुन्जेली सम्म मदन अधिकारीलाई जिल्ला कमिटि सदस्यबाट निलम्बन गरेको बिज्ञप्ती निकालेको छ । अध्यक्ष राजेन्द्र राईद्धारा हस्ताक्षेरित बिज्ञप्तीलाई पत्रकार नैन बिशवकर्माको फेसबुक आइडीबाट पत्रकारहरु समक्ष सार्बजानिक गराइने क्रममा मकालुटुडे समक्ष आएको हो । अधिकारी पूर्ब माओबादीको शिक्षक संगठनमा केन्द्रीय नेता पनि थिए। दलित बालिकाले प्रष्ट रुपमा अधिकारी सरले यसो गर्नु भएको भनि अरु ४ जनाको पनि नाम भने पछि यौन शोषणको पराकाष्ठा उजागर भएको हो ।

धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारी प्रहरी कार्यलयमा सम्पर्कमा आएका थिए ।.
अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।
घटनाका आरोपित मध्येका धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ गरिसेको छ । तर अधिकारी भने भागेर कतै बसेका थिए ।
शिक्षक अधिकारीले स्कुलमा नाम लेखाउनका लागि बाबुको नागरिकता चाहिन्छ बाबुको नागरिकता ल्याएर आउनु भनी उनकै घरमा बलात्कार गरेको बालिकाले बताएकी थिइन । प्रहरीले तीन जनालाई अनुसन्धानका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी डिएसपी ध्रुव श्रेष्ठले भने बालबालिका ऐन २०७५ अनुसार कार्वाही हुने बताएका छन ।
राजनीतिक पहुँचमा रहेका कारण अधिकारीलाई जोगाउन प्रशासन र राजनीति दल नै लाग्ने हुन कि भन्ने अधिकारकर्मीहरुले आशंक गरेका छन् । अधिकारी पूर्व मओवादी र हालका नेकपाका नेता भएका कारण अधिकारकर्मिहरुले आशंक गरेका हुन ।
सोही कारण पनि उनलाई प्रहरीले पक्राउ गर्न आनाकानी गर्दै आएको थियो । नेकपाका धनकुटाका नेताहरुले भने कसैले पनि यस्ता जघन्य अपराधसँग जोडिएकालाई जोगाउन नखोज्ने बताउँछन् ।
।’
गरिव परिवारकी बालिकालाई उनीहरुले लामो समयदेखि ललाईफकाई यौन शोषण गर्दै आएको कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा बालिका बाबुले जबर्जस्तीकरणीमा उजुरी दिएका थिए । पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएको स्थानीयहरु बताउछन् ।
आरोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पीडित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले दिने पैसाको वार्गे्लिङ गरेपछि कुरा बाहिरएको स्थानीयको भनाई छ ।
धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि यौन शोषण गरेको आरोप लागेका मदन अधिकारी प्रहरी सामु गएर आफु निर्दाेश रहेको दावी गरिरहेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



