Spread the love

इटहरी
लक डाउनको अबस्था भएपनि इटहरी स्थित टेवा बचत तथा ऋण सहकारी सस्थाले १० औं बार्षिक उत्सव बिभिन्न सामाजिक काम गर्दै सम्पन्न गरेको छ। इटहरीमा रक्तदान कार्यक्रम गरयो । नेपाल रेडक्रस इटहरीका सभापति बिमल पौडेलका अनुसार ३९ प्रीन्ट रगत संकलन भएको छ । कार्यक्रममा दिनबन्धु शास्त्रीको पनि उपस्थित थियो ।

संस्थाका अध्यक्ष ईश्वरी पराजुलीले बार्षिक उत्सबको अबसरमा कोरोनाबाट लड्न सहयोगको लागि इटहरी सरकारलाई एक हजार केजी चामल दिएको बताए। त्यस्तै गौसलामा बसेर पढ्नेहरुको लागि ३५ हजार बराबरको खाद्न्न दिएको छ ।
कोरोनाका कारण बचत उठाउंदै हिड्ने कर्मचारीहरु समस्यामा परेको भन्दै कलेक्टरलाई ५ हजारको दरले सहयोग गरेको सस्थाको अध्यक्ष पराजुलीले बताए ।