Spread the love

इटहरी
इटहरीमा रहेको
श्री कृष्ण प्रणामी समाजले तत्परता देखाएपछि इटहरी उपमहानगरपालिकाले सुविधासम्पन्न अस्पताल बनाउन ५ विगाहा जमिन उपलब्ध गराउने भएको छ ।
राम्रो अस्पताल बनाउने इटहरीवासीको उत्सुक्ता जागि रहेको बेला उपमहानगरले जेठ ५ गतेको कार्यपालिका बैठकबाट पास गराई जग्गा दिने निर्णय गरेको श्री कृष्ण प्रणामी समाजका प्रतिनिधि हेम घिमिरेले जानकारी दिए ।
१० विगाहा जग्गा माग गरेकोमा ५ विगाहा जग्गा मेयर द्वारिकलाल चौधरीको पहलमा अस्पतालका लागि जग्गा पाउने पक्का भएको उनले बताए । जग्गामा आवासगृहसहितको ५०० बेडसम्म स्तरोन्नती गर्ने गरी अस्पताल बनाउने योजना रहेको छ । श्री प्राणनाथ मल्टी स्पेसलिटी हस्पिटल एन्ड रिसर्च सेन्टर नामक अस्पतालको निर्माणको लागी वडा नं. ११ मा उक्त जग्गा दिने निर्णय भएको बताइएको छ ।

नीतिगत निर्णयबाट जग्गा प्राप्त भएपछि घेराबेरा गरि अस्पताल निर्माणको काम थालिने घिमिरेले बताए ।