तिमी कम्युनिस्ट भयौ ?
written by gopal dhungel

पढेउ कहिले शब्द-शब्द
अक्षरहरुको मर्म त्यो घोषणा पत्रको
अनि द्वन्द्वात्मक भौतिकवादको ?
धेरै पुस्तक पढियो भन्दै पुस्तकालय नै
देखाउँदा के पो हुन्छ र ?
शब्दहरु रटाई त सुगाले पो गर्छ
के तिमी रटेरै फगत कम्युनिस्ट भयौ ?
तिमीलाई मैले कहिल्यै
फ्याक्टरी र मिलहरुका चिम्नी
अनि धुवांमा सलबलाएको
पसिनाले लथपथ मेरो शरीरमा तिम्रो
कोमल श्पर्शको अनुभुति थाहा छैन्
खेतका आली र गह्राहरुमा तिम्रा
पाउ टेकिएकै छैनन अनि भनत
तिमी कम्युनिस्ट भयौ ?
भरिएको भुंँडिलाई भोकको
दुखाइ थाहा हुन्न, मलमलका
पोशाकलाई नाङ्गो जीउको
तातो-चिसो थाहा हुन्न
तिमी महल बस्ने, चुहिने छानो
कसरी टाल्ने थाहा हुन्न अनि
भनत
तिमी कम्युनिस्ट भयौ ?
न त तिमी कहिले चिरा परेका
पैंताला अनि हत्केलै पढेउ
न आफैं बिहान साहुको गोदाम
पसेर बेलुका निस्कंदा अर्कै वस्तु
भएर बाहिर आयौ
महिना दिनमा धेरै
पसिना बेचेर थोरै
दाम लिंदाको अनुहारको त्यो
खुसीको चमक न तिमीलाई
थाहा छ अनि भनत….
तिमी कम्युनिस्ट भयौ ?
असली कम्युनिस्ट हुन
तिमीले के के पो गरेउ त
मिल्ने जतिलाई एजेन्ट
बनाएउ
नमिल्नेलाई पाखा
अल्पमत र बहुमतको
कोर्राले
विधर्मीहरुसँग नि सँगै
भान्सा गरेउ
बाघ र बाख्रा एकै देखेउ
हौ साथी !
तिमी कम्युनिस्ट भयौ ?
आफ्नो घर आउंछु भन्दा नि
सिमानामा नाङ्गै हिंडायौ
कोरोनाको त्रास देखाइ
क्वारेन्टाइनमा भोकभोकै
मरायौ….
अर्कैले दौडाउँछ घोडो
पुरानो चाबुक देखाउंदै
सिल्ली कुरो गर्दै भन्छौ मेरो
लु भनत
तिमी कम्युनिस्ट भयौ ?
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


