आठ महिनामा भारतबाट पौने ८ अर्बको तरकारी
१४ जेठ, काठमाडौं । गत साउनदेखि फागुन मशान्तसम्मको आठ महिनामा भारतबाट पौने आठ अर्बको तरकारी आयात भएको छ ।
आर्थिक सर्वेक्षण २०७४/७५ अनुसार नेपालले यस अवधिमा भारतबाट सात अर्ब ६९ करोड ३ लाख रुपैयाँ मूल्य बराबरको तरकारी आयात गरेको छ ।
चालू आवमा तरकारी आयात गत आवको तुलनामा केही घटेको भने देखिएको छ । सर्वेक्षणका अनुसार गत आवको आठ महिनाकै अवधिमा नेपालले भारतबाट सात अर्ब ८८ करोड रुपैयाँको तरकारी आयात गरेको थियो ।
आन्तरिक उत्पादन कमजोर हुँदै जाँदा पछिल्ला वर्षहरूमा नेपालले मासिक करिब १ अर्ब रुपैयाँको तरकारी आयात गर्दै आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच वर्षअघि नेपालको आयात हालको भन्दा करिब आधा कम थियो ।
आव ०६९/७० मा नेपालले करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको तरकारी भारतबाट आयात हुन्थ्यो । त्यसयता आर्थिक वर्ष ०७०/७१ मा ६ अर्ब ९७ करोड रुपैयाँको तरकारी आयात भएको थियो ।
आव ०७१/७२ मा नेपालको भारतबाटमात्रै हुने तरकारीको आयात करिब सात अर्ब ९९ करोड रुपैयाँ बराबर थियो । आव ०७२/७३ मा भने त्यस्तो आयात घटेर सात अर्ब ७२ करोड रुपैयाँ बराबर पुगेको थियो ।
आव ०७३/७४ मा भने तरकारी आयात १० अर्ब ६४ करोड रुपैयाँको भएको थियो । पछिल्ला वर्षहरूमा नेपालको तरकारी आयात व्यापार घाटाको प्रमुख पक्ष बन्दै आएको छ । तरकारीका आयात गर्ने प्रमुख अन्तर्राष्ट्रिय बजार भारत नै हो ।
भारतबाट भएको तरकारी आयातको स्थिति
| आव | आयात मूल्य (रु) |
|---|---|
| २०७४/७५ (फागुनसम्म) | सात अर्ब ६९ करोड |
| २०७३/७४ | १० अर्ब ६४ करोड |
| २०७२/७३ | सात अर्ब ७२ करोड |
| २०७१/७२ | सात अर्ब ९९ करोड |
| २०७०/७१ | ६ अर्ब ९७ करोड |
| २०६९/७० | चार अर्ब ५५ करोड |
साढे चार अर्बको दूध र हर्लिक्स
नेपालले चालू आवको आठ महिनामै करिब साढे चार अर्ब रुपैयाँ मूल्य बराबरको दूध र हर्लिक्समात्र आयात गरेको देखिन्छ । राष्ट्र बैंकका अनुसार चालू आवको गत फागुनसम्ममा नेपालले भारतबाटमात्रै करिब चार अर्ब ५९ करोड रुपैयाँको दूध र हर्लिक्स आयात गरेको छ ।
गत आवको सोही अवधिमा यस्तो आयात तीन अर्ब ७१ अर्ब रुपैयाँ बराबर थियो । जबकी आजभन्दा ६ वर्षअघि यही वस्तुको आयात करिब ९८ अर्ब रुपैयाँ बराबरमात्रै थियो ।
भारतबाट भएको दूध तथा हर्लिक्सको आयात स्थिति
| आव | आयात मूल्य (रु) |
|---|---|
| २०७४/७५ (फागुनसम्म) | चार अर्ब ५९ करोड |
| २०७३/७४ | पाँच अर्ब ९० करोड |
| २०७२/७३ | चार अर्ब ६८ करोड |
| २०७१/७२ | चार अर्ब ६६ करोड |
| २०७०/७१ | चार अर्ब ८३ करोड |
| २०६९/७० | तीन अर्ब ६० करोड |
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



