दलित कम्युनिष्ट र ओली शासन
pb diyali
कम्युनिष्टले सबै खाले भेदभावको अन्त्य गर्छ भन्ने सोचाई राखेर कम्युनिष्ट पार्टीमा प्रायः दलितहरु अलि बढी रुची राख्छन। कालखण्डहरुमा भएका राजनीतिक घटनाक्रमहरुमा दलितहरु कम्युनिष्ट तिर लालयित भए। अहिले भएका राजनीतिक पार्टीहरुमा भुुण्डिएर रहेका दलित संख्या खोज्ने हो भने गैर कम्युनिष्ट तिर औंलामा गन्दा भ्याइने संख्या पत्ता लाग्छ भने कम्युनिष्टतिर निक्कै धेरै छन । अरु त कुरो नगरुं गणतन्त्र आएपछि सबै भन्दा धेरै समय कम्युनिष्ट नामधारी पार्टीहरुले शासन गरे। अहिलेका शासक केपी ओली हुन ।

ओली नेकपाका अध्यक्ष मध्ये एक हुन । उनी प्रधान मन्त्री पनि पार्टी अध्यक्ष पनि छन। कम्युनिष्टले भेदभावमा परेका मान्छेलाई न्याय दिन्छ भन्ने कुरा अब कसैले नपत्याउने अबस्था केपी ओलीले सृजना गर्दै छन। हुन त ओलीले आफनो भजन किर्तन छाप्ने बाहेक अन्य कुनै मिडियाकर्मीलाई त मान्दैनन मत्लव गन्दैनन वा पत्यांउदैनन भने दलितलाई के पत्यांउथे । मिहिन ढंगले हेर्ने हो भने ओलीले दलितले प्राप्त गरेका सबै अधिकार खोसेका छन। त्यही पनि कम्युनिष्ट भन्न छाडदैनन। दुईतिहाई नजिकको सरकारका पावरदारी प्रधान मन्त्री हुन ओली । तर यिनको कम्युनिष्ट चरित्र कतै छैन । जनताको हित गर्न भनेर कम्युनिष्ट आन्दोलन गरे। १४ बर्ष जेल बसे तर दलित मुक्तिको सवाललाई लिएर हेर्दा कुकुरको पुच्छर १२ बर्ष ढुंग्रामा राखेपनि बांगाको बांगै भनिए झैं ओलीले त्यत्रो बर्ष दुख्ख भोगे तर केही ख्यांसेनन । भ्रष्टचारीको संरक्षण,ब्यक्तिवाद,नाताबाद,क्रिपाबाद,कमिशन तन्त्र हैकमबाद इत्यादी यिनको शासनका बिषेसता हुन जुन राजामहाराजामा पाइन्थ्यो । अहिले ओली सरकारले आर्थिक बर्ष ०७७।०७८को नीति तथा कार्यक्रम पास गरयो । पास गर्ने संसदमा दलित पनि छन तर ओलीको हैकम देखि ती दलित संसदहरु लुत्रुङ भए । गैर कम्युनिष्टका एक जना संसदले त थर्काए तर चाहिने बिषय भन्दा बाहिर गए । अरु ओली सामु चुं पनि बोलेनन। दलितका बिषयमा कम्युनिष्ट सरकारको नीति तथा कार्यक्रम हाती आयो हाती फुस्सा जस्तै भयो । दलितका बारेमा केही नलेखिएको नीति तथा कार्यक्रममा एकल महिलाले पाउदै आएको भत्ता पनि खोसिने कुरो छ । अपाङहरुले पाउदै आएको भत्ता पनि ओली शासनमा खोसिने भो । खोसिने लाइनमा परेकाहरु प्रायः दलित नै पर्छन । दलितको नाममा ठेक्केदारी गर्नेहरु बोल्न सक्दैनन। बोले पनि चिंचिं गर्छन । ओलीको ओजनदार कम्युनिष्ट शासनमा दलितले जातको आधारमा कुटाई खांदैछन। हेपिदैछन।मारिदैछन।बलात्कृतहरुले न्याय पाउन मुस्किल छ । खान नपाएर मर्दै छन। इनारको पानी पनि आफै झिकेर खान पाउंदैनन। पैसा तिरेर कोठाभाडामा बस्न पाउंदैनन। मनपराएर बिहे गर्दा ज्यान जान्छ। जेल बस्नु पर्छ। संस्कार अनुसार काजक्रिया गर्न पाइदैन । यस्तो अत्याचार भई रहंदा कम्युनिष्ट सरकार आफनै ध्याउन्नमा छ जुन राजा ,राणा र पञ्चेहरु गर्दथे । यसकारण ओली शासन दलित घाती हो । कम्युनिष्टको भजन गाउंदै राजनीति गर्ने दलितहरुले केही सोच्न अबेर भई सक्यो । छिटो गर ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



