Spread the love


इटहरी
प्रकाश ब्याकुल

बेस्सरी पानी र हावाहुरीले गर्दा १५ बिग्हा जमिनमा लगाएको सुर्यमुखि फुलको खेती नष्ट हुंदा झापाका किसानहरु चिन्तित देखिएका छन ।

झापाको शिबसताक्षी नगरपालिकाको दक्षिण सिमा क्षेत्रमा पर्ने गौरीगन्ज गाउंपालिका १ स्यालडांगीका किसानले लगाएको तेलहन बाली बढ्दो बर्षात र हावाहुरीले ढाली दिएको छ । सो क्षेत्रमा साझेदारी कर्मशील कृर्षि फर्म नामक कृषक समुह गठन गरेर ३ बर्ष अघिदेखि सामुहिक खेती गर्दै आएका किसानहरुले यस पटक कृषिज्ञान केन्द्रको सुझाव अनुसार पकेट क्षेत्र स्वरुप १५ बिग्हामा लगाएको सुर्यमुखि फूल बाली भित्रयाउने बेलामा कुहिन थालेको छ । अब १५ दिन भित्रमा बाली उठाउंला भनेर तयार गर्दा गर्दै हावा र पानी ओइरिंदा सबै बोट बा

रीमा ढलेर सोतर भयो । कर्मशील कृषि समुहकी सदस्य दिब्यकला निरौलाले भनिन । पाक्ने बेलाको सुर्यमुखि ढलेर भुईं छोएपछि दाना बोटमै उम्रने र कुहिंने समस्या भयो ,त्यहाँमाथि सुगाले खाएर सबै खत्तम, यस पटक हामीलाई घाटा हुने भो निरौलाले भनिन । तोरी,फापर,धान,माहुरीको मह लगायतको कृषि उत्पादनमा ब्यबसायिक रुपले लागेका किसानहरु

ले यो पटक हिंउदमा पहिलो खेप सुर्यमुखि फूलखेती लगाएका थिए। सुर्यमुखि तेल खाँदा स्वास्थ्यलाई फाइदा भन्ने कुरा यूटुवमा हेरेर यो वाली लगाएको कृर्षि समूहकी सदस्य निरौलाले बताइन। खेती लाउँंदा एक महिना ढिला गरेछौं जस्ले गर्दा बेफाइदा हुन पुग्यो उनले भनिन । पुषमै रोपेको भए यो भन्दा अगाडी नै फसल उतारि सकिने रहेछ । पहिलो अनुभव हो सल्लाहा सुझाव लिने क्रममा बिउ रोप्ने काम ढिलो हुंदा बर्षाले भेटयो निरौलाको भनाई छ । बिउको जात पनि अर्कै परेको हुन सक्ने भएको भन्दै निरौलाले आगामी दिनमा होसियारी अप्नाउने बताइन । १२ बर्ष कतारमा पसिना बगाएर आएका छत्र लिम्बु सो कृषि समुहका अध्यक्ष हुन । अब नेपालमै केही गर्ने भनेर सो ठाउंमा ४ जना किसान मिलि समुह बनाएका हुन । अर्काको जमिन भाडामा लिएर सामुहिक खेती गर्दै आएका किसानहरुले खास गरि मौरीको

चरन छेत्र संग सम्बन्धित अन्न वाली लगाएर सयौं किलो मह समेत उत्पादन गरेका छन । फापर,तोरी र सुर्यमुखि फूल सिजन अनुसार लगाउंदा मैरीलाई सहज पर्ने ज्ञान पनि लिएका छन । सरकारको निकाय कृषिज्ञान केन्द्रले पकेट कार्यक्रम अन्तर्गत अनुदान सहयोग गर्ने तत्परता देखाएपछि हामी हौसिएका हौं मिलेर काम गर्दा राम्रै भई राखेको छ ।यस पटक मात्र सुर्यमुखि फुलबाट घाटा होला की भन्ने पीर भो अर्का सदस्य बिकास पालुङाले भने। पालुङा मलेसियार र बहराइनमा १२ बर्ष पसिना बगाएर आएका हुन । आफनै गाउंघरमा खेती किसानी गरी राम्रो होला भन्ठानेर अब बिदेश नजाने सोचमा कृर्षि पेशा अप्नाएको उनको भनाई छ । हलक्क बढेर पाक्ने बेला भाको सुर्यमुखि फूलको खेतीमा केहि दिन अघि आएको हावा र पानीले

एकै क्षणमा खत्तम बनायो । सुर्यमुखि फूलको बाली कटाई प्रसोधन गराउन लाने भनेर मिलवालाहरुसंग कुरोकानी मिलाई सकेको तर छिनका छिन बाली नष्ट भयो अब फसादमा छौं ,किसानहरुले गुनासो गरेका छन । लक डाउनका बाबजुद पनि जन लगाई लाखौं खर्चिएर उत्पादन हुने आसा राखेकोमा सबै आसा निरासामा परिणत भएपछि किसानहरु चिन्तित छन ।बर्षा सुरु हुने बेला भो धान बाली लगाउन पनि लक डाउनले गर्दा कामदार नपाइने चिन्ता किसानहरुमा छ । जोत खन गर्ने ट्रयाक्टर अनुदान दिन्छु भनेर चन्द्रडांगी फर्ममा योजना पेश गरेपनि हाल सम्म कुनै सुन्वाई भएको छैन । अर्का सदस्य तेजबहादुर लिम्बुले भने ।

यतिबेला सुर्यमुखि फूलमा निर्भर मौरी पालन ब्यबसाय पनि चौपट भएको छ । मौरी पालन,फापर उत्पादन र तोरी खेतीमा राम्रैसंग नाफा लिएका कर्मशील किसान समुहमा आबद्ध किसानहरुले जमिन बढाएर कोदो,फिलुंगे,मकै हरियो तर्कारी,माछा,बंगुर,कुखुरा पनि लगाउने सोच बनाएकोमा कोरोना भाइरसको महामारी र सरकारले घोषणा गरेको लकडाउन संगै प्रतिकुल प्राकृतिक बाताबरणले सकस पारयो, शिक्षण सेवाबाट रिटायर्ड भई खेती किसान गर्दै आएका सो ठाउंका अनुभवी किसान खेमनाथ निरौलाले चिन्ता ब्यक्त गरेका छन ।