जातीय भेदभाब बिरुद्ध उदायोः शिल्पकार उत्पीडित मुक्ति समाज

प्रकाश ब्याकुल
इटहरी
सीपमूलक पेशा गर्ने शिल्पीहरू र सीपमूलक पेशा नगरे पनि जातीय विभेद र छुवाछूतको समस्यालाई लिएर न्यायिक आबाज उठाउन प्रेरित हुने उद्देश्यमा सरिक खास गरि प्रबासमा बस्ने नेपाली यूवाहरुको पहलमा शिल्पकार उत्पीडित मुक्ति समाज नेपाल नामक संस्था गठन भएको छ । जातीय उत्पीडनबाट ग्रसित नेपालका कथित दलित समुदायलाई आफनो हकअधिकारको लागि अघि बढदै शासक जातीबाट हुने र भई रहेका सबैखाले जालझेल र छलकपटबाट बिषेश गरि सामाजिक तथा राजनैतिकरुपले सजग र सचेत गराउने अभियानकोलागि संगठन आबाश्यक रहेको समाजका अध्यक्ष रोसनप्रकाश सुनारले बताउनु भएको छ ।भोगिरहेका उत्पीडित समुदायहरूको

संगठन को नीति उदेश्य लाई सहि र समयसापेक्ष ढंगले अघि बढाउन संगठन लाई जनस्तरमा लानको लागि निक्कै पहिलाबाट नै संगठन निर्माणको काम थालिएको भएता पनि नेतृत्वमा रहेका एकादुई ब्यक्तिहरुले देखाएको अकर्मण्यताको कारण चुस्तदुरुस्त ढंगले अगि बढन नसकेको हुनाले संस्थाका बहुसंख्यक पदाधिकारीहरुको भावना अनुसार समाजलाई बिधिसंगत ढंगले अघि बढाई जनस्तरमा आफना कार्यक्रमहरु चालु गर्न आबाश्यक रहेकोले जुझारु अभियान्ताहरुलाई समेटेर नयाँ संगठनको पुनर्गठन गर्नु परेको अध्यक्ष सुनारले बताउनु भएको छ । अध्यक्ष रोशनप्रकाश सुनारका अनुसार उपाध्यक्षहरू पदम बहादुर वि क , कर्ण गदाल, दुर्गा देवी सुन्दास ,गंगा बहादुर वि क र वेदराज दियाली रहनु भएको छ ।उहाँहरुसबै संस्थापक रहनु भएको बताइएको छ । संस्थाको पुर्व सल्लाहकारमा रहनु भएका पि वि दियाली महासचिवमा रहनु भएको छ।नेपालमा रहेर २६ बर्षदेखि अनबरत संन्चारक्षेत्रमा डटेका दियाली जनयूद्धताका प्रकाश ब्याकुल नामले पत्रकारिता गर्ने क्रान्तिकारी अभियान्ता हुन । संस्थापक मध्येका श्यामकाजी गजमेर र सुकवीर रसाइली वरिष्ठ सचिव हुनुहुन्छ ।रसाइली साझा समाज बाट एकता प्रकृयाबाट आउनु भएको हो । त्यसैगरि सचिवमा सीता वि क र लक्ष्मण पोख्रेल रहनु भएको छ ।बिक पूर्व कोषाध्यक्ष रहनु भएको थियो भने पोखरेल संस्थापक सदस्य रहनु भएको थियो । कोषाध्यक्षमा अमृता सिन्चिउरी र माया खाती रहनु भएको छ दुबै संस्थापक सदस्य रहेको अध्यक्ष सुनारले बताउनु भयो । त्यस्तै संस्थापक सदस्यहरू(१) बलराम वि सी ,२)रोमन परियार खस ३),कृष्ण कुमार पाँचकोटी, ४)हरी बराइली, ५)अम्बिका विश्वकर्मा , ६)अनिल बराइली, ७)लक्ष्मण वि क,८)हरि वि क , ९)दुर्गाप्रसाद गुइदेल, १०)दिल सुनार ,११)सरिता खाती ,१२)चन्द्रबहादुर खाती,१३)विष्णु वि सी,१४)राजेश गहतराज ,१५)मिन बहादुर चुनारा,१६)बिक्रम सुनार , १७)सालिकराम गहतराज,१८)गणेश कालीकोटे,१९)सुरेन्द्र विश्वकर्मा ,२०)विनोद कु परियार ,२१)बिरमान विश्वकर्मा ,२२)कलावती वि सी, २३)काली ब नेपाली , २४)कृष्ण ल्वागुन,२५)राज कुमार दर्नाल ,२६)विरेन दर्नाल ,२७)खेम दर्नाल ,२८)रविन्द्र दर्नाल ,२९)प्रदिप शोभ ३०) भगवती धमला,३१ ) सुमन परियार केन्द्रीय सदस्य रहनु भएको छ । पुनर्गठन गरिएको संगठनमा ( १) गंगा बाबु २) भरत शिवा ३) विनोद कु परियार ४),चन्द्र ब दमाई ५) जीवन परियार ६)कृष्ण बहादुर ७) पृथिमान रसाइली ८) राजु गजमेर,९) आर के परियार १०) संदेश वि सी ११) गीता स्रीपाली १२) सीता रसाइली १३) टिकाराम बराइली १४) मानिस विश्वकर्मा १५) राधिका दर्नाल १६) हरि वि क घिमिरे १७) राम बहादुर वि कले नयाँ सदस्यता लिएको बताइएको छ । त्यस्तै गरेर सल्लाहकार समितिमा ( १) टि वी विश्वकर्मा हिमाल २) गोपाल लकान्द्री ३) पदम घिमिरे वि क ४) बिक्रम गजमेर र ५)मोहन विश्वकर्मा रहनु भएको अध्यक्ष सुनारले बताउनु भएको छ । नबगठित संगठनका अध्यक्ष सुनार उत्पिडित आन्दोलनमा पत्रपत्रिका प्रकाशन गरेर बैचारिक आन्दोलन छेडने यूवा अभियान्ता हुनुहुन्छ ।प्रकाश दर्नाल नामले चिनिने सुनारले २०५६सालमा इटहरीबाट दियालो मासिक नामक पत्रिकाको सम्पादक भएर बैचारिक आनदोलनमा सरिक हुनु भएको थियो । यो संगठन बारे सुनार भन्नु हुन्छ “ शिल्पकार उत्पीडित मुक्ति समाज नेपाल आफैमा एउटा स्वतन्त्र ,निश्पक्ष र विशुद्ध सामाजिक , राजनैतिक ,र वैचारिक जातीय ( वर्गीय संगठन हो! समग्रमा साझा र स्वतन्त्र संगठन हो! सबै धर्म ,सबै शिल्पकार उत्पीडित जाति ,सबै सीपमूलक पेशा गर्ने बैज्ञानिक (श्रमजीवी वर्ग र सबै पार्टीमा आवद्ध हाम्रो समुदायलाई अटाउन सक्ने वृहत् र फराकिलो नीति ,सिद्धान्त र प्रगतिशील बैज्ञानिक विचार बोकेको सबैको साझा संगठन हो । संस्थाको केन्द्रीय कार्यालय प्रदेश न १को इटहरीमा राखेर आबाश्यक बिधिबिधानको काम अघि बढाई औपचारिक रुपले उदघाटन गर्ने तयारी भई रहेको अध्यक्ष सुनारले दबहीबाट इमेलमा बताउनु भएको छ ।
सुनार भन्नु हुन्छ “
अहिलेको विश्व परिस्थिति अत्यन्तै जर्जर बनेको छ! हाम्रो जस्तो गरीब र विकाशोन्मुख देश अनि हामी नेपाली जनताको अवस्था लकडाउनको कारण झनै दयनीय बन्दै गएको छ! देश पूर्ण रूपमा ठप्प भएको छ! हामी नेपाली जनताको जीवनयापन र जनजीविकामा नराम्रो असर परेको छ! यो कहिले सम्म र कहाँ सम्म पुग्ने हो भन्ने अनभिज्ञ नै छ! यो भविस्यको गर्भ मै छ! त्यसैले अहिले हामी भेला ,बैठक र समारोहहरू गरेर जनस्तरमा जान सक्ने अवस्था छैन ! तथापि ,हामी हाम्रो तर्फबाट यो लकडाउनको अवसर लाई सदुपयोग गर्दै ,विचार विमर्श र छलफलमा सहभागी हुन सक्ने छौँ ! हामी यो अवस्थाको सदुपयोग गर्दै ,संगठनको बारेमा अध्यायन गरेर प्रशिक्षित हुन सक्ने छौँ ! ग्रुपको माध्यम बाटै संगठन निर्माणका धेरै कुराहरू टुंगोमा पुर्याउन सक्नेछौ! अहिले अन्य गतिविधिहरू सञ्चालन गर्न नसके पनि हाम्रो संगठन लाई चुस्त दुरुस्त ढंगले अघि बढाउन संगठन को विभागीय जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्न सक्छौं ! यसै क्रममा हामीले संगठन विभाग ,आर्थिक विभाग लाई टुंगोमा पुर्याएको छौँ ! आज महिला विभाग र विदेश विभाग को ( इन्चार्ज ) प्रमुख तोक्ने विषयमा म यहाँ प्रस्ताव गर्न चाहान्छु ! मेरो प्रस्ताव छ ! महिला विभाग प्रमुखमा संगठन कि संस्थापक उपाध्यक्ष तथा पूर्व महिला विभाग प्रमुख श्रीमती दुर्गा देवी सुन्दाश र महिला विभाग सदस्य हरूमा ,गीता सृपाली ,सरिता खाती, सुधा संकर रहनु हुनेछ ! त्यसै गरेर विदेश विभाग प्रमुखमा संगठनका संस्थापक उपाध्यक्ष तथा पूर्व भारत प्रवास प्रमुख श्री पदम बहादुर वि क सर लाई प्रस्ताव गर्दछु ! विभागको सह इन्चार्जमा संगठनका सचीव लक्ष्मण पोख्रेल विश्वकर्मा ! सदस्यहरूमा कृष्ण कुमार पाँचकोटी ,सुमन परियार भरत शिवा लाई प्रस्ताव गर्दछु थप सदस्य हरू उहाँहरू आफैले बनाउनु हुनेछ भन्ने अपेक्षा गर्दछु .
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


