राजनीतिक संक्रमण र ओली तन्त्रको ताण्डव नृत्य

पीबी दियाली
नेकपाको पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री खडगप्रसाद ओलीले मनोपोली काम गर्दा यतिबेला कोरोना महामारी संगै नेपालको राजनीति तरंगित भएको छ। आज के होला? भोली के होला? भन्ने चासो सबैमा छ। कोरोना शंकटले मुलुक लकडाउनमा छ। भ्रष्टचारको कुरा उठदा प्रधानमन्त्री ओली उल्टै भ्रष्टचारीको रक्षा गर्दै जनतालाई ठाडै तिछोरौंला झैं गर्छन।राजनीतिमा बेथिति बढयो भनेर रोक्नकोलागि जनताले आन्दोलन गरेर बनाएको संबिधानलाई लत्याई दलबिभाजन गर्ने गरि अध्यादेश ल्याएर जंगेसानमा पास गराउंछन ।अनि फेरी फिर्ता लिएर पदको गरिमा घटदा पनि नैतिकता खुस्किएको बोध गर्दैनन। राष्ट्रपतीलाई आफनै कुल घरानाको ठानेर रातारात अध्यादेशमा सही गराउने अनि फेरी चेत खुलेपछि क्यान्सिल गराउन बाध्य हुंदा घटेको नैतिकताको ओजनले उठनै नसक्ने गरि थिचिए पनि ओली सत्ता लिप्साले बर्बराउदै तान्डवनृत्य नाचि रहेका छन । प्रधानमन्त्रीको कुर्सिलाई बाउको बिर्ता ठान्छन। उनलाई प्रधान मन्त्री बनाउन नेपाली जनता लागेका हुन । लोकतन्त्रको मर्म अनुसार उनी संबैधानिक प्रकृयाबाट प्रधानमन्त्री भएका हुन त्यो सबै जनताको मतको परिणाम हो तर प्र.म.ओलीको कार्य शैली हेर्दा संसारभरीका राक्षेसलाई एक्लै काटेर आएको बहादुर हुं जस्तो ठान्छन। राज्य संचालनको काम गर्दा उनलाई प्रधानमन्त्री बन्न आधार स्तम्भ देखिएका नेपाली जनता त परै जाओस पार्टीका सहयोद्धा नेता गण कसैलाई पनि टेर्दैनन। पार्टी योगदान कम भएका उनको बारेमा मीठो स्वरले भजन किर्तन गर्ने चाकटीवाजहरुलाई पद दिलाउंछन।सहयोद्धा नेताहरुसंग गरेका समझदारीहरुलाई भंजाहा पाराले उंलङघन गर्छन। मन नपरेको नेतालाई पेलपाल र ठेलठाल गरि उसले उठाएका सवालहरु दवाउंदै आफनै ै लिंढे ठिप्पीले चल्छन। पार्टी नीति लत्याउंदै गुट बनाएर चल्छन। अर्काको पार्टी फुटाएर लोभलालचा देखाई संसद खरिदबिक्री गर्ने पुरानै धन्दा गर्छन। कोरोनाको महमारीका बेला स्वास्थ्य समानहरु खरिद गर्दा द्रब्यमोह राख्दै नियम मिचेर भ्रष्टचार गर्न खोज्ने आफनो भजन मण्डलीलाई काखि च्यापछन। यतिएअर लाइन नामको ब्यपारिक घरानालाई मनपरी राज्यको सम्पति बेच्छन।सेक्यूरिटी प्रेस किन्दा करोडौं होइन अरवौं कमिशन लिन खोज्ने र बिध्यार्थीको कम्प्यूटर खरिदमा द्रब्य मोह दर्साउने मन्त्रीलाई कार्बाही होइन घरमै पालेर जनता बिरुद्ध भुक्न लाउंछन । आयोग,नियोगमा भर्ना गर्दा आफनो खुसी गर्छन। पछाडि धकेलिएका दलितको बारेमा राजा महाराजा जस्तो ब्यबहार देखाएर कडकिन्छन।दलितलाई प्राप्त अधिकारहरु ठादै खोसेका छन। दलित आयोग पंगु बनाएका छन। दलितले प्राप्त गरेको १३प्रतिशत आरक्षण खोस्न यीनै ओली निर्मम ढंगले लागेका हुन । राज्यको कर उठाउने निकाय,सेना,पुलिस इत्यादी क्षेत्रमा हस्तक्षेप गरेर जंगबहादुर बन्न खोज्छन। राष्ट्रपतिलाई औंलको चुटकीको भरमा प्रयोगमा ल्याई गणतन्त्रको धज्जी उडाउंछन। अभिब्यक्ति स्वतन्त्रता गणतन्त्रको धुकधुकी हो तर लेखेको बोलेको भरमा बिरोधीलाई धरपकड गर्ने जुन सृंखला चलाएका छन त्यो खेद जन्य छ ।राज्यको स्रोत साधनलाई नीजी सम्पती जस्तो ठानेर प्रयोग गर्ने ओलीको चालामाला हेर्दा सोशक,ुसामन्त र जाली फटाहा भन्दा भिन्न रहेन। पंचायति कालमा १४ बर्ष जेल बसेर योगदान गरेको भनि राजनैतिक योग्यता भंज्याउदै ब्याज असुल्ने काममा लिप्त छन ओली । बयल गाढा चढेर अमेरिका पुगिन्न भन्दै १९ दिने आन्दोलनलाई गिज्याएर दरबारको प्रिय बनेका ओली अहिले गणतन्त्रको मसिया बन्न खोज्छन ।यिनको यो नक्कली चाला जनताले नबुझेका होइनन । जनताले ठूलो दुख्ख गरेर ल्याई दिएको गणतन्त्रलाई बदनाम गरि सामन्तबादी चरित्र देखाउने ओलीलाई पदमा जुको टाँसिए जसरी टांसिन लाज लाग्नु पर्ने हो ।तर अझै पनि जालझेल र तिगढम गरि बालुवाटारमा राजसी ठाँटले लडिबढी गर्दै पुरातनपन्थी कार्यमा लागि रहेका ओलीको ज्यादती देखि जनता दिक्क छन। यीनले राजा ल्याउन ओकालत गर्ने जनपिराहा मण्डले कमल थापालाई भित्रयाएर जनताको कर खाँदै राजा फर्काउने सल्लाहा मागि रहेका छन। अहिले जे जसो भएपनि राजनिति परिबर्तानको कुनैकाल खण्डमा सामन्तवादी राजतन्त्रको जरो उखेल्न जनउत्साह जगाएर ठूलो हलचल पैदा गराउने राजनीतिक शक्तिका जिउंदा संबाहकहरुलाई शान्ति संझौता बिपरित हुने घटनाहरु ब्यूंताउदै कानूनको भूत देखाएर तर्साउन सर्बोच्चका बढा हाकिमलाई राती राती बोलाई षडयन्त्रका तानाबाना बुन्ने कार्यमा ओली कन्दनी कसेर लागेका छन । राजनीतिको उपयूक्त संस्कारको प्रकृयाबाट ओलीलाई घिसार्दै सताच्यूत गरि आफनो थान्कोमा थेचार्न स्वयम उनकै पार्टी लागि रहेको बेला लाज सरम नामानी जनताको करमाथि रजाईं गरि रहनु नैतिकहरामको पराकाष्टा हो। नेपाली जनतामा कोरोनाको डरले त्रसित भएर मुर्दाशान्ती छाएको बेला मनलागि गर्छु भनेर ओलीले सपना देखेका छन भने त्यो उनकोलागि अभिसाप हुने छ। जे जस्तो भएपनि बिभिन्न कालखण्डमा असमान्य राजनीतिक कसरतको बाबजुत नेपाली जनतालाई यहाँ सम्म ल्याउन मेहिनेत गरेका राज नेताहरु पनि जिंउदै छन। जनताको हितमा जनताको चाहाना अनुसारको काम कुरा गरेर यो ओली सनकले उब्जाएको राजनीति संक्रमणलाई सेफल्यान्डिङ गराई जनअधिकार सुरक्षित गर्ने शक्तिको जन्म होस
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


