भारतीय हेपाहा प्रबृती र हाम्रा शासकहरु

पीबी दियाली
अहिले कोरोना भाइरस कोभिड१९को संक्रमण छ। भयाबह अबस्थाबाट गुज्रिरहेका नेपाली जनता भारतीय हेपहा प्रबृतीका कारण आजित छन।जनताको अभिभावक रहनु पर्ने सरकारका प्रमुख राष्ट्रियता माथि निम्छरो कुरा गर्छन। इण्डियाले लिम्पुवाधुरा, लिपुलेक,कालापानी लगायतको सिमा नाका मिचेर चाइना जाने बाटो बनाई उदघाटन समेत गरेछ । नेपालको भुमिलाई प्रयोग गरेर भारतले गरेको बिकास निर्माणबारे सरकार प्रमुख प्रधानमन्त्री खडगप्रसाद ओलीले आफुलाई थाहा नभएको बताए पछि हाम्रो सार्बभौम सत्ता कायम नरहेको निरिहता प्रष्ट भयो।२०४८सालमा टनकपुर सन्धि हुंदा तत्कालीन एमाले पार्टीमा हर्ताकर्ता देखिने अहिलेका प्रधानमन्त्री ओली लगायतले गिरिजाप्रसाद कोइरालाको भारतसंगको राष्ट्रघाती सन्धिलाई संसदबाट पास गराउन सहयोग गरेका रहेछन । त्यो बापत के कति फाइदा लिएका थिए ? हो त्यही नाजायज फाइदा पचाउन ओलीले भारतीय मिचाहा प्रबृतिबारे निगुरमुण्टि हुनु परेको छ । अपबित्र काम गराएर ब्यक्तिगत फाइदा कुम्ल्याउन माहिर ओली जनतासामु चोखो देखिन हजारौं काइते कुरा गरेर ठूला राष्ट्रबादी हुन खोज्छन । जनताले यो सब चाल पाइ सकेका छन ।कांग्रेसका सभापती शेरबहादुर देउवासंग मिलेर राष्ट्र लुटन पल्केका ओलीको सक्कली मुखुण्डो उत्रिसकेको छ । यिनले सत्तामा बसेर केके हर्कत गरे? जगजाहेर छ ।सिमा नाकाबाट भारतले नेपाललाई गिज्याउंदै अतिक्रमण गरि रहंदा प्रधानमन्त्रीको कुर्सिमा बसेका ओली र उनका मण्डलीहरु जनतासंग अनुहार देखाउन नालायक सिद्ध छन।परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीसंग सरोकार राख्ने एउटा भारत सरकारलाई लेखिएको पत्रमा आधिकारिक ब्यक्तिको हस्ताक्षर समेत छैन । पद्मा अर्याल नाम गरेकी मन्त्रीले भारतले सडक बनाएको ठाउं हाम्रो थिएन होइन भनिन। ओलीले कालापानी,लिपुलेक,लिम्पिया धुरा बारे कहिल्यै नपढेको अन्तरबार्ता दिए । बिद्धवानहरु त्यो जमिन हाम्रै हो भन्छन। सप्रमाण बोली रहेका छन। पुराना सरकारी कागजातहरु पनि देखिएका छन। त्यो ठाउंमा जनगणना गर्न जाने नेपाली तत्कालीन कर्मचारीहरु जिउंदै छन । बोली रहेका छन । तर सरकार भने भारतीय हस्तक्षेपबारे गोलमोटोल कुरा गर्दै छ । बिरोधमा उत्रिएका जनतालाई लाठी हान्दै थुन्दै छ । भारतले किन यसरी नेपाल माथि दादा गिरी गर्दै छ त ? यसबारेमा यतिबेला बौधिक जगतमा निक्कै बहस भई राखेको छ । ७सालमा राणा हटाएर राजा शाहीलाई सत्ताको बागडोर हातमा थम्याउन भारतीयहरुको हात रहेको जगजाहेर छ । भर्खर भर्खर बिट्रिस शासनाट मुक्त भएको भारतले नेपालमा राजनीतिक सता उलट पुलट गराउन राजनीतिक शक्तिहरुलाई सहयोग गर्ने र सत्तामा पुरयापछि आफनो हितमा निर्णय गराई नदिनाला,जग्गा जमिन हडपने नीति अप्नाउन बानी परेका छन भारतीय शासकहरु । राजा त्रिभुवनको शासन कालको उततरार्ध र महेन्द्रको आगमनको बेला चिनमा कम्यूनिष्ट पार्टीको उदय हुन थाल्यो । नेपालका राजाशासकहरु डरले आतिदै भारतीय शासकसंग नजिकिदा आफनो सत्ता जोगिइन सक्ने कुरामा आसातित भए । अनी चाइनाको नजिक रहेका सिमा नाकाहरुमा कम्युनिष्टहरुको आगमन नहोस भन्ने हेतुले भारतीय शासकहरुलाई कन्याउंदै सिमा क्षेत्रमा फौजी राखिदिन आग्रह गरे। भारतीय साशकहरुले नेपालको राजधानी काठमाण्डौमा बस्ने राजालाई सुरक्षाको प्रत्याभुति दिन भन्दै हौस्याए। त्यति बेला मौखिक कुरामा नै बिश्वास गर्ने जमाना भएकोले खास अबधिको निश्चितता भएन । कम्युनिष्टले राजा मान्दैनन भन्दै चाइनामा माओको डर देखाएर राजा शासकलाई खुसि पार्ने बाहानामा भारतीयहरुले सिमानाका अतिक्रमण गर्दै आएका हुन । पछि बिभिन्न राजनीतिक घटनाक्रमहरुबाट आएका शासकहरुलाई पनि फकाउंदै,ब्यक्तिगत मानमनितो गर्दै स्वार्थबाट प्रेरित गराएर बिभिन्न सन्धी सम्झौतामा सही गराएका हुन । सिमानाकाहरुमा आफनो हैकम जमाउने परमपरानै बसालेका हुन । बिरोध गर्नेहरु सत्तामा जान सकेनन। गएकाहरुलाई पनि फकाई फुल्याई गरि अरबौं खरबौंका लोभलालचा देखाएर भारतीय शासकहरुले नेपाली शासक बर्गलाई हातमा लिन खोज्ने, नमान्नेलाई मारिदिने सम्मका काम गर्दै रहेको इतिहास नियाल्दा थाहा हुन्छ । नेताहरु जो सत्तामा जान्छन उनीहरु भारतीयकै निर्देशनमा चल्नु र नेपाली जनतालाई धोका दिनु कुनै अनौठो कुरो होइन । यो परम्पराकै निरन्तरता हो । क्रमभंगता गर्ने तागत भएको राज नेता जन्माउने काम नेपाली जनताको हो अब त्यो कामको शरुआत गर्न सचेत नेपालीहरु जुटनै पर्छ। नक्कली राष्ट्रवादीहरुलाई लखेटनु पर्छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



