जनता स्कूलको अभियान र नयाँ भर्ना सम्बन्धमा किचलो

इटहरी
पीबी दियाली
इटहरी उपमहानगरपालिकाको वडा नं ९मा पर्ने ऐतिहासिक सामुदायिक बिद्यालय जनता माबिले गत बर्षदेखि अंग्रेजी माध्यममा अध्यापन गराउन शुरु गरे पछि अभिभवकको आकर्षण बढन थालेको देखिन्छ । यस आर्थिक बर्षकोलागि समयतालिका अनुसार नयाँ भर्नाको फर्म भराइ सकेर इन्ट्रान्स लिने तयारी गर्दै रहंदा कोरोना संक्रमणको कारण लक डाउन भएकोले भर्ना प्रकृया स्थगितले निरन्तरता पाएको छ ।यो बीचमा बिभिन्न षडयन्त्र शुरु गरि स्कूलको छबि धमिल्याउने असफल प्रयास गर्न केही नीजी स्कूलका मालिकहरु सक्रिय रहेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले गुनासो गरेका छन ।नयाँ शैक्षिक सत्रमा बिध्यार्थी भर्ना प्रकृया र अभिभावकले गर्ने स्वच्छिक सहयोग सम्बन्धमा प्रधानाध्यपक छत्रपती ढुंगेलको गतिबिधिलाई आलोचना गर्ने क्रम बढेको छ । सरकारले नै कुनैपनि गतिबिधि नगर्न गरेको निर्देशन बिपरित प्र.अ.ढुंगेलले अभिभावक बर्गलाई प्रभावित पारि बैंकखातामा पैसा जम्मा गर्न बाध्य पारेको बिषय संचारमाध्यममा आएको थियो । सो पछि नेपाल बिध्यार्थी संघ सुनसरीले अंग्रेजी माध्यमबाट अध्यापन गराउने नाममा चर्को रकम असुल गरी सरकारी विद्यालयमा गरीब,असहाय विद्यार्थीबर्गलाई शिक्षाबाट वञ्चित हुन बाध्य पार्ने किसिका गतिविधिलाई रोक्न प्रेस बिज्ञप्ती मार्फत आग्रह गरेको छ ।
गत साल कक्षा ४ देखि ९ सम्म नयाँ भर्ना लिइ २५० जना बिध्यार्थी पढाउन शुरु गरियो । त्यतिबेला १००० जनाले फर्म भरेका थिए। आधुनिक शिक्षण प्रणालीद्धारा अध्यापन गराइने भएकोले अभिभावकको आकर्षण बढेर यस बर्ष १५ सय आबेदन फर्म दर्ता भएको बिध्यालयले जनाएको छ । अधिकतम ६०० जना भर्ना लिने लक्ष्य भएतापनि असहज परिस्थितीका कारण प्रबेश परीक्षा लिने स्थिती नभएर आबेदक जति सबैलाई भर्ना लिने योजना बनेको बिद्यालय प्रशासनले बताएको छ । कक्षा शुरु गरेको एक बर्षको बीचमा १२कोठाको दरले दुईवटा सुबिधा सम्पन्न भवन तयारी अबस्थामा रहेको बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष दंगालको भनाई छ ।भौतिक संरचना पनि तयार भएको र थोरैमात्र जनशक्ति बिस्तार गरेर सबै आबेदकलाई भर्ना गराउने तयारी गर्दा अचानक प्रधानाध्यापक र अभिभावकबीचको भर्ना सम्बन्धी टेलिफोन संबादलाई नकारात्मक ढंगले बाहिर ल्याएर प्रचार गरि शैक्षिक बाताबरण धमिल्याउने काम भएको भन्दै बिध्यालय ब्यबस्थापन समितीले आकस्मिक बैठक राखेर नयाँ रणनीति शुरु गरेको बताइएको छ । भर्नाको लागि आबेदन गर्ने मध्ये निजी स्कूल छाडेर आएका बिध्यार्थीका अभिभावकहरुले आफै चासो दिएर न्यूनतम रकम जम्मा गर्न थालेपछि इस्र्याले जलेका केही नीजी बोर्डिङ संचालकले नचाहिंदो फतुर लगाएर मिडियाबाजी गरेपनि सचेत अभिभावकले कुरा बुझेको शिक्षक अभिभवक संघका अध्यक्ष बिश्वनाथ ढकालले बताए। निजी स्कूललाई एकलाख पचास हजार सम्म बार्षिक शुल्क तिर्ने तिनै बिध्यार्थीलाई जनता स्कुलले स्वेच्छिक सहयोग लिएर उच्चगुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास सफल हुने संकेत देखिएपछि अभिभावक बर्गमा आकर्षण बढेको इटहरी क्षेत्रका पुराना कालाकार अभिसेक तिम्सिनाले बताएका छन ।अभिभावकहरु शान्ता ढकाल,मिना बिक,हरी आचार्य लगायतले आफना नानीबाबुहरुको पढाई प्रति सन्तोष ब्यक्त गरेका छन।अघिल्लो बर्षदेखि नै जनताको अंग्रेजी माध्यममा पढाई हुने सुनेर भर्ना गराएको बताउने उनीहरुले भने शुरुमा केही ससंकित थियौं तर अहिले सम्मको पढाई हेर्दा बोर्डिङ भन्दा कम अनुभव गरेका छैनौं।

सर्बसुलभ र गुणस्तरीय शिक्षा दिन दक्ष जनशक्तियूक्त शिक्षण सिकाई अप्नाएको पाइएकोले जनता स्कूलको अभियानलाई नमुनाको रुपमा लिएर देशैभरका सामुदायिक बिध्यालय जाग्ने हो भने चाँडै शैक्षिक बिकृतीको अन्त्य हुने शिक्षाविद डा.दिबाकर रेग्मी र जनता क्याम्पसका प्राध्यापक चिरन्जीबी भटटराईको मिल्दोजुल्दो प्रतिक्रिया रहेको छ । ब्यबस्थापन समितिका अर्का सदस्य राजन खत्रीले बिध्यालयमा भए गरेका कामहरु पारदर्शी हुनु पर्ने कुरामा जोड दिएका छन । अर्का सदस्य माधव घिमिरेले सरकारले घोषणा गरेको लकडाउनका कारण अघिल्लै महिना फर्म भरेका बिध्यार्थीको ब्यबहारिक पक्षलाई सहजीकरण गर्न हेडसर छत्रपति ढुंगेलले स्कुललाई गर्नुृ पर्ने न्युनतम सहयोग रकमबारे बैंकिङ प्रकृया बताई दिंदा कुनै नराम्रो प्रलय हुने जस्तो प्रचार गरेकोमा आपती जनाए। ब्यबस्थापन समितिकी अर्की सदस्य बिमला ढकालले अहिले सम्म सस्तो र सर्ब शुलभ रकममा बोर्डिङ भन्दा गुणस्तरीय शिक्षा दिने जनता स्कुललाई अभिभाबकले बिश्वास गरि दिन आग्रह गरिन । उनले भनिन अरु बोर्डिङले एउटा बिध्यार्थी बराबर डेढलाख बार्षिक फिस लिन्छन । हामीले २० हजार पनि नलिई पर्याप्त भौतिक सुबिधा,कम्प्युटर,सवारी साधन लगायतको सुबिधा र राम्रो शैक्षिक बाताबरण सहित दक्ष शिक्षक कर्मचारी राखेका छौं भन्दै ढकालले भनिन कोही न्युनतम शुल्क सहयोग गर्न नसक्ने बिध्यार्थी आएमा हामीले फ्रीमै पढाउंछौं र पढाएका पनि छौं। अहिले खुसिले रकम बुझाउने अभिभावकले आफनो बच्चा पढाउन इन्कार गर्नु भएमा हामीलाई त्यति आपती छैन, हामी त्यो रकम फिर्ता गर्छौ । अभिभावकसंग प्रधानाध्यपक ढुंगेलको अडियो टेप सम्बन्धि सत्य तथ्य छानविन गर्ने र कमिकम्जोरी देखिएमा सुधार गरेर अघि बढने ढकालले बताइन ।जनता स्कुलले भौतिक पुर्बधार तयार गरि भबिष्यमा सामुदायिक बिध्यालय नै अभिभावकको रोजाई बन्न सकोस भन्ने मन्सायले काम गरेको अर्का सदस्य शिवराज दाहालले बताएका छन ।
नेपाली कांग्रेस इटहरी सचिव बिजय केसीले यस सन्दर्भमा आफनो फेसबुक फेजमा भनेका छन ः अंग्रेजी माध्याममा प्रविधि मैत्री कक्षाकोठा सहित आधुनिक तरिकाबाट अध्यापन गराइरहेको छ। चाहिने श्रोत साधन र दक्ष जनशक्तिको निमित्त अन्य निजि बिद्यालयको तुलनामा अभिभावकसंग धेरै नै सस्तो शुल्क सहयोग स्वरूप लिएको हो। बास्तवमा सस्तो र सरकारी स्कुलबाट एसईई पास हुंदा भोलीका दिनमा छोरा छोरिको भविस्य उज्वल हुने भन्दै स्वतस्फूर्त रूपमा जनता स्कुलमा अध्यापन गराउन अभिभावकहरु लालयित भएका हुन।त्यसकारण शुल्कमा अभिभावकहरुको कुनै गुनासो छैन । कक्षा ९को हकमा १ बर्षमा झन्डै ८० हजार भन्दामाथि बचत हुँदा अभिभावक रिसाउनु पर्ने केहि कारण देखिदैन।यो स्कूलको लाभ गरिब विद्यार्थीलाई हो । उनीहरुको भबिस्यको हो।कुरो अति नै सम्वेदनशील छ ।जुन कुरामा निजी बिध्यालयले गम्भीरता देखाएको पाइदैन । नत पत्रकारले कलम चलाएका छन।गरिव बिधार्थीले चाहिँ किन अंग्रजी पढ्न नपाउने? के गरिव हुंदैमा असक्षम भइन्छ? जनता स्कूलको सवालमा यदि असक्षम छन भने प्रश्न बिद्यालय प्रशासनमाथि नै आउने हुन्छ ।तसर्थ कि सबै पुराना विद्यार्थीलाई अंग्रेजी माध्यममा सहभागी गराउनु परयो ? कि समान शिक्षा प्रदान गर्न नेपाली माध्यमका कक्षाहरु पनि उतिकै प्रविधि मैत्री,प्रयोगात्मक र आधुनिक किसिमले सञ्चालन हुनुपरयो ।शिक्षक शिक्षिकालाई तालिम र Multi-Media Class,Power point presentation सम्बन्धि तालिम दिनुपर्छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


