Spread the love

काठमाडौं– बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.ली.ले दशै, तिहार र छठको बिशेष योजना ‘बजाज आरई सँग खुसियाली’ नामक क्याम्पियन सार्वजनिक गरेको छ । यो योजनाको ट्यागलाइन ‘आइ ले दिन्छ टि भी उपहार, मनाउदै  खुसी  स —परिवार’ रहेको छ । यो योजना अन्तर्गत बजाज आरई मार्फत खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरई का ग्राहकहरुले फ्रिमा हिमस्टारको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने छन् र परिवारसँग मिलेर खुसीका साथ पर्व मनाउनेछन् भन्ने संदेश दिएको छ ।

हशंराज हुलाशचन्द एण्ड कम्पनी प्रा.ली.का निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, ‘नेपालीहरुले मनाउने ठुला पर्वहरु आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग, तथा आशा लिएर आएको हुन्छ । यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुसी खोज्ने  प्रयास पनि हो । हामी आफ्ना अमुल्य ग्राहकहरु माझ सबैमा खुसी ल्याउने यस्तो योजना ल्याउन पाउँदा अत्यन्तै खुसी छौ । हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजनाहरु पनि प्रदान गर्ने छौ । हामीलाइ बिश्वास छ हाम्रा बजाज आरई का ग्राहकहरु ३२ इन्चको हिमस्टार टिभि फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरुको परिवारमा समेत पर्वको उत्साह छाउनेछ ।