प्रशंशा के.सी. बने वाई वाई ग्लोकल टिन हिरो २०१८
काठमाडौँ – राजधानीमा आयोजित एक बिशेष कार्यक्रमबीच प्रशंशा के=सी .ले “वाई वाई ग्लोकल टिन हिरो २०१८” को उपाधी पाएकी छिन् । के.सी.लाई माननीय मन्त्री गोकर्ण विष्ट तथा कार्यक्रमका निर्णायकहरुले वाईवाई ग्लोकल टीन हिरोको उपाधि संगै ट्रफी हस्तान्तरण गरेका थिए । यसै बीच के.सी. वर्ष २०१८ को फयान्टास्टिक टीन भएकी छिन् । यो बर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५३२ आवेदन आएको थियो जसले उपेक्षा गरिएको उमेर समूहको किशोर किशोरी भित्र रहेको सम्भावना देखाएको छ । आवेदकहरुले आफु समाज सेवा, पत्रकारिता, कम्प्युटर प्रोग्रामिङ, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता कामले समाजमा परेको सकारात्मक प्रभावबाट आफ्नो कौशलता देखाएका छन् । सामाजिक अभियन्ता रहनु भएका प्रशंशा के=सी. वाई वाई ग्लोकल टिन २०१८ हिरो, अन्तिम ६ प्रतिस्पर्धी आविष्कारक, विकल्प ढुंगाना, लेखिका – दीपशिखा घिमिरे,उद्यमी — सौगात तिवारी ,इकोप्रेनेर — सुदर्शन सुबेदी र सामाजिक उद्यमी— स्वोर्निम श्रेष्ठ बाट छानएकी हुन् ।वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर — किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गरिएको हो । यस मन्च मार्फत किशोर — किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर —किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने कार्यक्रमको आयोजना गर्न लागेको हो ।
काठमाडौँबाट २०१५ मा सुरुवात भएको यो कार्यक्रम देशभरि काकार्यक्रमा ४०० भन्दा बढी बिद्यालयका ५० हजारभन्दा बढी बिद्यार्थी माझ पुगेको थियो । यो बर्ष भव्य सफलता र अझै प्रभावकारी बनाउनका लागि ग्लोकलले वाई वाई सँग सहकार्य गरेको छ र नेपाल पर्यटन बोर्ड, European Union र UNDP संग रणनीतिक सहकार्य गरेका छ । कोकाकोला , पन्चकन्या समुह , VOITH र होन्डा, पार्टनर रहेका छन् । Turkish Airlines र Yeti Airlines पार्टनर रहेको छ साथै Prisma Advertising Creative & PR पार्टनर रहेको छ । कार्यक्रमलाई SAARC Chamber of Commerce and Industries र Nepal Tourism Board ले प्रचार गरेको छ । Soaltee Crown Plaza इनीसिएटिव पार्टनर रहेको छ । Sparrow SMS SMS पार्टनर थियो । कार्यक्रमलाई Tara Air, Landmark Eduation Worldlink, IME,AYON,YUWA,Restless Development,Facts Nepal, Smart Doko र View Your Choice, Khubiliti को समर्थन रहेको छ ।यो संस्थाहरुसंगको सहकार्यको उदेश्य देशको हरेक कुनामा रहेका क्षमता भएको कोहि किशोर किशोरी नछुटुन् भन्ने रहेको छ। ७ जनाको सम्माननीय निर्णायक मण्डलले पाठ्यक्रम बाहेकको उपलब्धि सुरुवात र आफ्नो कामको प्रभावको आधारमा उत्कृष्ट ६ को छनौट गर्नु भएको छ । यो बर्षको निर्णायक मण्डलको टोलीमा UNDP का Country Director Renuad Meyer, Vaidya’s Organization of Industries का अध्यक्ष सुरज बैद्य, Soaltee Crowne Plazas महाप्रबन्धक उपौल मजुमदार्र, Prisma Advertising CEO रंजित आचार्य, Coca cola का Country Director अम्बुज सिंह, ज्योति ग्रूपको Chief Branding Officer सिर्जना शाक्य ज्योति र ग्लोकल प्रालिकी माहा प्रबन्धक अलिना प्रजापति रहेका छन् । आवेदकहरुले पठाउनु भएका बायोडाटा , प्रमाण र उपलब्धिको बारेमा लेखिएको निबन्धको आधारमा छनौट भएको हो ।
अन्तिम ६ प्रतिस्पर्धीको एक साता सम्म व्यक्तित्व विकास तालिम भएको थियो । SMS भोटिंग राउण्ड र प्रतिस्पर्धीको छुट्टाछुट्टै हुने अन्तर्वार्ताको आधारमा यो बर्षको टिन हिरो छानिएको छ ।ग्लोकल टिन हिरोको पुरस्कार समारोह १ सेप्टेम्बरमा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील ब्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५० प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा होटेल सोल्टी क्राउन प्लाजामा भएको थियो ।
‘वाई वाई ग्लोकल 20 Under 20
२६ श्रावण २०७५ मा वाईवाई र ग्लोकलप्रा लि. ले संयुक्त रुपमा २० वर्ष देखि कम उमेरको २० उत्कृष्ट युवाहरुको सुची सार्वजनिक गरेको छ ।सो युवाहरुसमाज सेवा, बालअधिकारकर्मी, कम्प्युटर प्रोग्रामिंग, बिज्ञान, पत्रकारिता, प्रबिधि र उधमशिलता जस्ता विविध क्षेत्रबाट रहेका छन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै सुचीनिकाल्नुको उदेश्य रहेको छ। सुची निकाल्ने क्रममा ग्लोकल प्रा=लि.का प्रबन्ध निर्देशकआशिष ठाकुरले “वाई वाई ग्लोकल 20 Under 20 को सुची बिशेष सम्मान हो । युवा गेम चेन्जरलाई जसले नेपाललाई अझै राम्रो तरिकाले निर्माणमा गरिरहेका छन् । यो मंचले उनीहरुको शुरुवात, सृजनशीलता र उत्साहलाई अझै हौसला बढाएर देशमा भएका अरु युवाहरुलाई उधमशिल मानसिकता विकास गर्न प्रेरणा प्रदान गर्ने छ । चयन भएका युवाहरुको सम्मानआज वाई वाई ग्लोकल टिन हिरोको भव्य उत्सवको बेलामा भएको थियो । यी युवाहरुको कथा ग्लोकलखबरमा प्रकाशितभएकोछ।
Wai Wai Presents ग्लोकलअन्तराष्ट्रिय टिन सम्मेलन आयोजना
यस्तै गरी नेपालमा किशोर किशोरीहरुको लागिअन्तराष्ट्रिय सम्मेलन सम्पन्नभएको छ ।राष्ट्रिय विकासको बाधाहरु र प्रमाणित मुद्दाहरुलाई बुझ्न किशोर किशोरीहरुको लागि यो एक मौकाको रुपमा आयोजना गर्न लागेको हो । यस सम्मेलनमा विभिन्न राष्ट्र जस्तै अफगानिस्तान, बंगलादेश, इन्डोनेसिया, भारत, जमैका, घाना, भिएतनाम आदिका किशोर किशोरीहरुको विचार, अनुभव प्यानल छलफल मार्फत प्रदर्शन गरिने छ ।प्यानल उद्यमशीलता, सशक्तिकरण, सामाजिक दृष्टिकोण शिर्षकमा भएको थियो।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


