Spread the love

विगत ८ वर्षदेखि नेपाली शेयरबजार सम्बन्धी तथ्यपरक समाचार प्रकाशित गर्दै आएको र पोर्ट्फोलियो सफ्टवेयर पनि सञ्चालन गर्दै आएको शेयरसंसार डटकमले “एसएस प्रो” सफ्टवेयर सार्वजनिक गरेको छ । लगानी गर्नका लागि आवश्यक हुने कम्पनीहरुको आर्थिक विवरणहरू, लाइभचार्ट सफ्टवेयर, वाचलीस्ट, पोर्ट्फोलियो जस्ता विशेषताहरू रहेको एसएस  प्रो –SS Pro_ सफ्टवेयरमा नेपालमै पहिलोपटक लगानी क्याल्कुलेटर र मार्केटमा लगानीकर्ताको विश्वास नाप्ने मिटर पनि रहेको छ । कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणहरुको विश्लेषण गरी दैनिक उतारचढाव हुने बजारमा कसरी जोखिम कम गर्न सकिन्छ, त्यसका लागि एसएस प्रोमा थुप्रै सुविधाहरू छन् । “कम्पनीहरुले प्रकाशित नगर्ने तर लगानीको लागि महत्त्वपूर्ण हुने दर्जन भन्दा बढी वित्तिय अनुपातहरु, बजारको गहिरोसँग विश्लेषण गर्ने उपकरणहरू, सामुहिक लगानी कोषहरूको खरिद, बिक्रीको विश्लेषण, ब्रोकरहरुको कारोबारको निरीक्षण, र कुन महिना कुन कम्पनी खरिद गर्दा जोखिम कम हुन्छ भनी देखाउने उपकरणहरु एसएस प्रोमा छन्” , शेयरसंसारको ढल्को स्थित कार्यालयमा एसएस प्रो सार्वजनिक गर्दै कम्पनीका प्रबन्ध निर्देशक सन्दीप बिक्रम राणाले भन्नुभयो । शेयर लगानीकर्ताहरुले आफ्नै विवेक प्रयोग गरी, बजारमा फैलाइ्एका हल्लाहरुमा नपरी राम्रो लगानीको योजना आफैँ बनाउन चाहिने सुविधाहरु सबै एसएस प्रोमा रहेको छ ।

बजारलाई तलमाथि गर्न सक्ने विभिन्न तत्त्वहरूमा नियमित निरीक्षण गर्न नसक्ने लगानीकर्ताहरुको लागि पनि एसएस प्रोले नेपालमै पहिलोपटक बजारको विश्वाश मापन गर्ने “मार्केट कन्फिडेन्स मिटर” ल्याएको छ । अहिलेको बजार प्रति लगानीकर्ताहरूको विश्वास कति छ भनी कन्फिडेन्स मिटरले ० देखि १०० सम्मको सीमामा देखाउँछ ।आफ्नो लगानीको अहिलेको मुल्य कति, अहिले सम्म कति घाटा कति नाफा भयो, कति लाभांश आर्जन गरियो लगायतका विवरणहरुको लागि एसएस  प्रोमा नै पोर्टफोलियो सफ्टवेयर पनि रहेको छ । यसमा आफ्नो लगानीका साथै आफ्नै घर (परिवारका अन्य सदस्यहरुको पनि शेयरमा गरिएका लगानीहरूको विवरण राख्न सकिन्छ । यतिमात्र  नभई आफुसँग रहेको कम्पनीहरूको बजारमा अस्वभाविक रूपमा उतार, चढाव भएमा सोको जानकारी पनि एसएस प्रोले दिन्छ । एसएस प्रो सफ्टवेयर प्रयोग गर्न https://pro.sharesansar.com मा गएर १ वर्षको सदस्यता लिन सकिन्छ र जुनसुकै कम्प्युटर, ल्यापटप वा स्मार्टफोनबाट पनि प्रयोग गर्न सकिन्छ ।