टिच फर नेपालद्वारा शैक्षिक अभियानमा साथ दिने बैंक तथा व्यवसायिक प्रतिष्ठानलाई सम्मान
टिच फर नेपालले आफ्नो अभियानमा सहयोग गर्ने बैंक तथा व्यवसायिक प्रतिष्ठानलाई सम्मानित गरेको छ । टिच फर नेपालका बोर्ड सदस्य तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहद्वारा आयोजित कार्क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थिति रहेको थियो । १ सय भन्दा बढी बैँक तथा व्यवसायिक प्रतिष्ठाका प्रमुख तथा अन्य अधिकारीहरू उपस्थित कार्यक्रमको उद्घाटन गर्दै शाहले टिच फर नेपालको कामले ग्रामिण भेगका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार संगै देशलाई आवश्यक जनशक्ति उत्पादन गर्न पनि सहयोग पुगेको बताउनु भयो।
वि.सं २०७० बाट सुरु भएको यस अभियानले कम्तीमा स्नातक गरेका उत्कृष्ट युवाहरूलाई ग्रामिण भेगका सार्वजनिक विद्यालयमा २ वर्षका लागि पठाउने गरेको छ । विभिन्न समुदायमा पठाउनु अघिदेखि २ वर्षसम्म यस अभियानले आफ्ना प्रज्ञार्तीहरूलाई नेतृत्व विकासको तालिम दिने गरेको छ । छैठौँ वर्ष प्रवेश गर्दै गर्दा यस अभियानमा विभिन्न बैंक तथा व्यवसायिक प्रतिष्ठानले साथ दिएका छन्। शैक्षिक समानताको लागि नयाँ र जागरुक जामतको खाँचो औँल्याउँदै शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो, “नेपालको सार्वजनिक शिक्षामा परिवर्तन जरुरि रहेको छ।” उहाँले प्रज्ञार्थीहरुले निरन्तर शैक्षिक गुणस्तर कालागि ठूलो भूमिका खेलेको बताउनुभयो । “यो अभियानमा नेपालका बैंक तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गरिरहेको देख्दा आफूलाई खुसी लागेको छ” मन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रममा एच एच बजाज, नेपाल इन्भेस्टमेन्ट बैंक, सुर्य नेपाल, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सानिमा बैंक र पन्चकन्या ग्रुपलाई टिच फर नेपालको अभियानमा साथ दिएकोमा सम्मान गरिएको थियो ।“पछिल्लो ६ वर्षमा टिच फर नेपालले विभन्न संस्था र बिभिन्न व्यक्तिको सहयोगमा ग्रामिण भेगका सार्वजनिक शिक्षामा राम्रो नतिजा ल्याउन सफल भएको छ” टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले बताउनुभयो । उहाँले आगामी दिनमा सरकार,बैंक तथा व्यवसायिक प्रतिष्ठान र अरु सहयोगीको साथले अझै बढी विद्यालयमा शैक्षिक असमानताको अन्त्य गर्न लागि पर्ने बताउनुभयो । उक्त कार्क्रममा टिच फर नेपालका बोर्ड सदस्य रामेश्वर खनाल, जगदीश भट्टराई, राजन श्रेष्ठ लगायत टिच फर नेपाल बोर्डका अध्यक्ष रेशु अर्यालको पनि सहभागिता रहेको थियो।
टिच फर नेपाल अभियान बारे
शिक्षा मन्त्रालय, शिक्षा विभाग तथा सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरूसँगको समन्वयमा टिच फर नेपाल अभियान वि.सं. २०७० वैशाखदेखि ललितपुर, सिन्धुपाल्चोक र धनुषाका सार्वजनिक विद्यालयहरूमा कार्यरत छ । यस अभियानले राष्ट्रिय तथा अन्तराष्ट्रिय विश्वविद्यालयबाट कम्तीमा स्नातक सकेका तथा सामाजिक परिवर्तनमा सामेल हुन प्रतिबद्ध अब्बल युवालाई छनौट गरी ६ हप्ताको तयारी तालिमपश्चात स्वयंसेवी शिक्षकको रूपमा उपलब्ध गराउँदै आएको छ। यी युवाले अंग्रेजी, गणित तथा विज्ञान अध्यापन गर्दै आएका छन्। यस अभियानको छैटौँ समूहको ७० जना फेलोहरूको ६ हप्ताको तयारी तालिम भर्खरै सकिएको छ। १३ सय भन्दा बढी आवेदनमध्येबाट छानिएका यी युवाहरू आगामि वैशाखदेखि साविकका ३ जिल्लासँगै पर्सा, लमजुङ र दाङ जिल्लाहरूका स्थानीय सरकारको साझेदारीमा २ वर्षको लागि विभिन्न सार्वजनिक विद्यालयमा फेलोसिपको लागि जाँदै छन्। यसै गरी यो शैक्षिक सत्रको अन्त्यसँगै वि.स. २०७३ वैशाखदेखि ललितपुर, धनुषा र सिन्धुपाल्चोकमा २ वर्षको फेलोसिप सकेका ३९ फेलोहरू टिच फर नेपाल अलमनाई मा आबद्ध हुँदै छन्।
गत ५ वर्षमा १ सय २ जना युवाले फेलोसिप सकेका छन् भने वि.सं. २०७३ वैशाखदेखि ललितपुर, धनुषा र सिन्धुपाल्चोकमा २ वर्षको फेलोसिप सकेका ३९ फेलोहरू पनि टिच फर नेपाल अलमनाई मा आबद्ध हुँदै छन्। नयाँ वर्षको सुरुवातसँगै टिच फर नेपालका १ सय १२ फेलोहरू ६ जिल्लाका ५१ सार्वजनिक विद्यालयहरूमा हुनेछन्। यसबाट करिब १० हजार विद्यार्थीहरू लाभान्वित हुनेछन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


