Spread the love

काठमाण्डौं – सिटि एक्सप्रेस मनी ट्रान्सफर र नेपाल हाउसबीच अन्तरबैंक विद्युतीय भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार क्लियरिङ हाउसले सिटि एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तरबैंक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । अब सिटि एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटेन्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुनेछ । यस अनुरुप अब बैंक भुक्तानी कार्यहरु धेरै सहज र सरल हुने विश्वास गरिएको छ ।