बससेवा र थाइल्याण्डको टुवेल्भ गो ग्रुप (12 GO GROUP) बीच अनलाइन बस टिकट सम्झौता
नेपालमा अनलाईनबाट बस टिकट विक्री गर्दै आएको बससेवा डटकम र थाइल्याण्डको चर्चित् ट्राभल कम्पनी टुवेल्भ गो गु्रप (12 GO GROUP) बीच अनलाइन बस टिकट विक्री गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै टुवेल्भ गो ग्रुपको उपस्थिती रहेका विभिन्न मुलुकबाट नेपालका अधिकांश गन्तव्यको बस टिकट अनलाइनबाट काट्न सकिन्छ । सम्झौतापत्रमा बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनाल र टुवेल्भ गो ग्रुपका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत एलेक्सी एबोलमासोभले हस्ताक्षर गर्नुभयो ।
सम्झौतासँगै अबदेखि टुवेल्भ गो ग्रुपको सेवा रहेका थाइल्याण्ड, भारत, मलेसिया, सिंगापुर भियतनाम, फिलिपिन्स्, कम्बोडिया, लाओस, म्यानमार लगायतका विभिन्न मुलुकबाट नेपालका विभिन्न गन्तव्यको टिकट काट्न सकिनेछ । यो सँगै यी मुलुकमा रहेका नेपाली र नेपाल घुम्न आउने पर्यटकले विदेशबाटै टिकट काट्न सक्नेछन् ।
सम्झौतापछि बससेवा डटकमका सिइओ पि.आर खनालले भन्नुभयो ‘ टुवेल्भ गो ग्रुपसँगको सहकार्यले विभिन्न मुलुकबाट नेपाल आउने पर्यटक र ति मुलुकमा रहेका नेपालीले विदेशबाटै अथवा नेपालमै आइसकेपछि पनि अनलाइनबाट बिना झन्झट टिकट काट्न सक्नेछन् । यसले नेपालको पर्यटन विकासको लागि महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ । ’
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ । इसेवा एकाउण्ट भएका ग्राहकले इसेवा मार्फत् र एकाउण्ट नभएको अवस्थामा नजिकको इसेवा, जोन, पोइन्ट, अनलाइन पेमेन्ट, तथा अन्य साइबर कम्युनिकेशनबाट टिकट काट्न सकिनेछ ।
बससेवा डटकम
सूचना तथा सञ्चार शाखा
०१–४११७५३३
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


