Spread the love

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक 325A2 अन्तर्गत Region XI, जोन XXII को पहिलो बैठक सम्पन्न भएको छ । जोन चेयर पर्सन लायन हरिप्रसाद दाहालको अध्यक्षतामा काठमाण्डौंको धुम्वाहीमा अवस्थित स्मार्ट क्याफेमा वैठक सम्पन्न भएको हो । लायन्स क्लब अफ ओखलढुंगाको आयोजनामा सम्पन्न वैठकमा जोन XXII अन्तर्गत रहेका ४ वटा क्लबहरुको शतप्रतिशत सहभागिता रहेको थियो । लायन वर्ष २०१८/२०१९ मा देशको स्वास्थ्य, शिक्षा र पर्यावरणको, क्षेत्रमा क्लबहरुले गरेका कार्यक्रम र भावि कार्यक्रमहरुको वारेमा छलफल गर्नका लागि वैठकको आयोजना गरिएको लायन्स क्लब अफ ओखलढुंगाका सचिव गान्धर्वराज पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै Multipal District Co-ordinator लायन शम्भु घिमिरेले डिष्ट्रिक 325A2 का डिष्ट्रिक गभर्नर लायन सुदर्शनधर प्रधानाङ्को मुख्य नारा नै “मानवतालाई पहिलो प्राथमिकता” भएको हुँदा क्लबहरुले शिक्षा, स्वास्थ्य, पर्यावरणको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो । घिमिरेले विशेषगरी मधुमेह, उच्च रक्तचाप, आँखा रोग तथा क्यान्सर भएका बच्चाहरुको पहिचान गरी क्लबहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वैठकलाई सम्वोधन गर्दै (GST) Past District Governor रुद्रहरि ज्ञवाली, (GMT) Past District Governor मधुकर उपाध्याय, (GLT) Past District Governor बिजु बज्राचार्यले लायन्स क्लबहरुले देशमा पिछडिएका र विपन्न वर्ग तथा उपचारबाट वञ्चित विरामीहरुको उपचारमा ठूलो सहयोग गरेको र आगामी दिनमा पनि सशक्त रुपमा यस्ता कार्यहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा Cabinet Secretary दिपककृष्ण प्रजापति, Cabinet Treasurer विधान जोशी, Chief District Co-ordinator शिवकुमार कट्वाल, Chief Orentation उत्तम झा, Area Co-ordinator राजेन्द्रकुमार श्रेष्ठ, Chief Lion लम्बोदर घिमिरे, Addotional Secretary मोहन अर्याल, Region

Chairperson पुरुषोत्तम लामिछाने, Zone Chairperson मुक्ति भण्डारी, Zone Chair Person भरत प्रसाई, LC Ramechhap का past President नन्दिकेशर पौडेल लायन्स क्लब अफ ओखलढुंगाका प्रेसिडेन्ट लेखनाथ दाहाल, काठमाण्डौं ग्राण्ड सेन्टेनियलका प्रेसिडेन्ट सर्जुबाबा श्रेष्ठ, काठमाण्डौं कन्सर्नका प्रेसिडेन्ट सलिना तामाङ, काठमाण्डौं जस्मिनका प्रेसिडेन्ट कल्पना सापकोटा लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा जोन XXII अन्तर्गत रहेका ४ वटै क्लबहरुका प्रेसिडेन्टहरुबाट लायन वर्ष २०१८/२०१९ मा क्लबहरुले गरेको प्रगति प्रतिवेदन एवम् भावि कार्ययोजना समेत प्रस्तुत गरिएको थियो ।

सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाखभन्दा बढी पुगिसकेको छ भने नेपालमा वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध ३१ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।