Spread the love

काठमाण्डौं–  मेगा बैंक र नारायणी अटो विजनेश प्रा.लि.बिच किस्तामा गाडी कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ । नारायणी अटोबाट गाडी किन्न चाहने ग्राहकहरुका लागि मेगा बैंकले १० वर्ष सम्म वित्तिय सुविधा प्रदान गर्ने भएको छ । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नारायाणी अटो मोबाइल विजनेशका प्रबन्ध निर्देशक अनुपकुमार बरालले संयुक्त हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नारायणी अटोबाट अल्टो, वागेन आर र सेलेरियो गाडीमा ३५ प्रतिशत डाउन पेमेन्ट गर्नुपर्नेछ र मासिक १५ हजार किस्ता बुझाएर गाडी किन्न सकिनेछ । यसो गर्दा ग्राहकले प्रचलित दर अनुसार साढे १२ प्रतिशतमा अटो लोन लिन सकिनेछ । सम्झौता पछि ग्राहकहरुलाई सस्तोमा गाडी लिन सहज हुने बैंकले जनाएको छ ।