Spread the love

काठमाडौं –  नेपाल आर्थिक पत्रकार समाज (सेजन) र फ्याक्ट रिसर्च एण्ड एनालिटिक्स रिसर्च कम्पनीबीच  स्व. सञ्जय न्यौपाने आर्थिक अनुसन्धान फेलोसीपु सम्झौता भएको छ । आर्थिक अनुसन्धान तथा तथ्यगत समाचारलाई प्रवर्द्धन गर्न  सेजन सदस्यलाई फेलोसिप उपलब्ध गराउने सम्झौंता गरिएको हो ।सेजनका पूर्व उपाध्यक्ष समेत रहनु भएका स्वर्गीय सञ्जय न्यौपानेको सम्झनामा स्थापना भएको फेलोसिप सम्झौतामा सोमबार काठमाडौंमा भएको एक कार्यक्रमका बीच सेजनका अध्यक्ष पुष्पराज आचार्य र कम्पनीका महाप्रवन्धक मनिष झा ले हस्ताक्षर गर्नु  भयो ।

 

फेलोसिपका लागि सुरुवातामा कम्पनीले वार्षिक ५० हजार रुपैयाँ सेजनलाई उपलब्ध गराउने छ भने प्रत्येक वर्ष १० प्रतिशत रकम वृद्धि गरिने उल्लेख गरिएको छ । कम्पनीका महाप्रवन्धक मनिष झा ले पत्रकार न्यौपानेले अनुसन्धानमा देखाउने चासोलाइ कदर गर्दै फेलोसिप दिन थालिएको बताउनु भयो ।  तथ्यमा आधारित पत्रकारीतालाई प्रवर्द्धन गर्न लागि हरेक वर्ष सेजन सदस्यमध्ये एक जनलाई फेलोसीप दिइने छु झाले भन्नु भयो ।

यो फेलोसिप हरेक वर्ष सेजन स्थापना दिवसको अवसर पारेर वितरण गरिनेछ । फेलोसिपका लागि सेजनका पूर्व अध्यक्ष, कम्पनीका महाप्रबन्धक तथा सेजनका अध्यक्ष अथवा कार्य समितिबाट अध्यक्षले तोकेका व्यक्ति रहने गरी एक मूल्यांकन समिति गठन गर्ने व्यवस्था गरिएको छ ।