खाडी मुलुक बाहेक युरोपमा अन्य नयाँ गन्तव्य प्रस्ताव
काठमाण्डौं- अन्तराष्ट्रिय श्रम बजारका लागि सुरक्षित गन्तव्य मुलुकको पहिचान गर्न गठित कार्यदलले खाडीको विकल्पका रुपमा युरोप लगायतका अन्य मुलुकमा नयाँ श्रम गन्तव्यमा पठाउन सकिने सम्भावना सहितको प्रतिवेदन सरकारलाई दिएको छ । पूर्वराजदूत उदयराज पाण्डेको नेतुत्वमा गठित उक्त कार्यदलले खाडीको विकल्पमा युरोपका पोर्चुगल, चेक गणतन्त्र, रोमानिया,पोल्याण्ड,स्वीडेन र डेनमार्क लगायतका मुलुकमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको उच्च माग रहेकाले ती मुलुकमा नेपाली श्रमिक उपयुक्त हुन सक्ने सुझाव दिएको हो । यस बाहेक चीन, रुस, श्रीलंका र माल्दिभ्समा पनि पठाउन सकिने प्रतिवेदनमा उल्लेख छ । भारतमा पनि औपचारिक तथा संगठित क्षेत्रमा नयाँ श्रमिकको आवश्यकता रहेको हुदाँ नेपाली श्रमिक पठाउन थप गृह कार्य गर्न सुझाव दिएको छ । खाडीको तुलनामा ती मुलुकको आर्थिक र मानव अधिकारको अवस्था धेरै राम्रो भएकाले ती देशलाई वैदेशिक रोजगारीका लागि सुरक्षित र नयाँ गन्तव्यका रुपमा लिन सकिन्छ ।
त्यसैगरी मलेसियाका प्रधानमन्त्रीले नेपालबाट रोजगारकिा लागि मलेसिया भित्रिने कामदारको समस्या समाधान गर्न नेपालसँग छिट्टै समझदारीपत्रमा हस्ताक्षर गर्नुपर्ने बताउनुभयो । नेपालले गत महिनामात्रै मलेसियामा कामदारको असुरक्षा बढेको भन्दै त्यहाँ जान तत्कालका लागि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । मलेसियाले अवरोधकारी आप्रवासन प्रणाली लागू गरेको र त्यसबाट नेपाली कामदारहरु समस्यामा परेको निष्कर्षसहित नेपाल सरकारले त्यहाँ जान प्रतिबन्ध लगाएको थियो । मलेसिया सरकारले विदेशी कामदार माग गर्न एकद्धार प्रणाली लागू गर्ने तयारी गरेको छ । कामका लागि मलेसिया भित्रिने सबै देशका कामदारका लागि सोही प्रणाली अन्तर्गत रहेर काम हुने प्रधानमन्त्री डा.महाथिर मोहम्मदले बताउनु भयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


