Spread the love

काठमाण्डौं- लायन्स क्लब अफ ओखलढुंगाले बृक्षारोपण गरेको छ । क्लबका अध्यक्ष लेखनाथ दाहालको संयोजकत्व तथा जोन चेयर पर्सन हरिप्रसाद दाहालको प्रमुख आतिथ्यतामा काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा आज बृक्षारोपण गरिएको जनाएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक 325A2 अन्तर्गत सन् २०१६ मा स्थापित क्लबले लायनवादका उद्देश्य तथा नैतिक सिद्धान्तमा आधारित रहेर स्वच्छ वातावरण र सुन्दर समाज निर्माणमा केही योगदान पुगोस् भन्ने उद्देश्यका साथ बृक्षारोपण कार्यक्रमको आयोजना गरेको क्लबका सचिव गान्धर्वराज पौडेलले जानकारी दिनुभयो । पूर्वघोषित कार्यक्रम अन्तर्गत बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको क्लबले मिति २०७५/४/२६ गते काठमाडौंको शंकरापुर नगरपालिकास्थित लप्सेफेदीमा जे.पी. प्रतिष्ठानद्वारा सञ्चालित मैत्रीसेवाश्रममा रहनुभएका जेष्ठ नागरिकका लागि खाद्यान्न वितरण गरिसकेको छ । कार्यक्रममा नेपाल सरकारका सहसचिव एवम् क्लबका चार्टर्ड Member  वामदेव शर्मा अधिकारी क्लबका 1st Vice President  तेजप्रसाद धमला, लायन राजकुमार दाहाल, लायन देवीप्रसाद दाहाल, लायन जीवनाथ खतिवडा, क्लबका कोषाध्यक्ष लायन पुष्कर अर्याल, लायन योगराज निरौला, लायन महेशकुमार अर्याल, लायन सुरेशकुमार मगर, लायन गोपीकृष्ण दाहाल, लायन गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

 

आगामी दिनमा क्लवले रक्तदान, मठमन्दिर तथा टोल सरसफाई, असहाय वालवालिकाहरूको लागि प्रत्येक २/२ महिनामा १ छाक भोजनको व्यवस्था र ओखलढुंगा जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गर्ने लगायत अन्य विभिन्न स्थानहरुमा मधुमेह र उच्च रक्तचाप परीक्षण कार्यक्रम लगायत अन्य सामाजिक कार्य गर्ने लक्ष्य लिएको छ ।

सन् १९१७ मा अमेरिकाको सिकागोका विमा व्यवसायी मेल्भीन जोन्सले प्रथम विश्वयुद्धमा परेका मानिसहरूको सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको लायन्स क्लब इन्टरनेशनल अहिले २१२ वटा मुलुकमा स्थापना भइसकेको छ । विश्वभर यसको सदस्य सख्या १४ लाख पुगिसकेको भने नेपालमा वि.सं. १९७१ देखि पूर्व प्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाको अगुवाईमा पुर्वी नेपालको विराटनगरबाट यसको सुरुवात भएको हो । लायन्स क्लब इन्टरनेशनलले अहिले नेपालभर ८०० भन्दा बढी लायन्स क्लब खुलीसकेको र यसमा आवद्ध २४ हजार भन्दा बढी सदस्यहरू आवद्ध रहेको जनाइएको छ ।